धनगढीको क्यासिनोमा प्रहरीको छापा

धनगढीको क्यासिनोमा प्रहरीको छापा

१० लाख ५ हजार भारुसहित दुईजना पक्राउ

धनगढीः यहाँस्थित साथी होटलमा रहेको किङ्स लन्ज क्यासिनोमा प्रहरीले छापा हानेको छ । प्रतिबन्धित दुई हजार र पाँच सयका भारु नोटको कारोबार हुने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरको नेतृत्वमा गएको टोलीले आइतवार राति छापा हानेको हो ।

क्यासिनोको काउन्टरबाट दुई हजार र पाँच सय दरका १० लाख ५ हजार बराबरका भारतीय नोट बरामद गरिएको प्रहरी नायव उपरीक्षक बुढामगरले जानकारी दिए । उनले क्यासिनोमा जुवातासका साथै भारुको पनि कारोबार हुने सूचना आएपछि छापा हानिएको बताए । 

प्रहरीले क्यासिनो सञ्चालक मलेसीयन नागरिक मोहम्मद आजमउद्धिन खान र म्यानेजर सुजन दाहाललाई पनि पक्राउ गरेको छ । बरामद रकम र पक्राउ परेका ब्यक्तिलाई राजश्व अनुसन्धान विभाग काठमाडौँ पठाइने उनले जानकारी दिए । 

होटल साथीका सञ्चालकमध्येका एक दिनेश भण्डारीले भने क्यासिनोमा भारतीय रकम वा डलर नै हुने दाबी गरे । उनले नेपालीलाई प्रतिबन्धित भएको स्थानमा विदेशी मुद्रा नै आउने पनि तर्क गरे । भण्डारीले होटलको हल भाडामा लिएर क्यासिनो सञ्चालनमा रहे पनि साथी होटलसँग त्यसको कुनै सम्बन्ध नरहेको जिकिर गरे । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.