आर्इपीएल: राजस्थानलार्इ ६ विकेटले हराउँदै पञ्जाव तेस्रो स्थानमा

आर्इपीएल: राजस्थानलार्इ ६ विकेटले हराउँदै पञ्जाव तेस्रो स्थानमा

नयाँ दिल्ली: घरेलु होल्कर स्टेडियममा किङ्ग्स इलेभन पञ्जाबले राजस्थान रोयल्सलार्इ ६ विकेटले हराएको छ । 

यस जीतका साथ रविचन्द्रन अश्विनको टीम इन्डियन प्रिमियर लिग (आर्इपीएल) मा १२ अंकसहित अंक तालिकामा तेस्रो नम्बरमा पुगेको छ। 

केएल राहुलको ८४ रनको सहयोगमा पञ्जाबले १५३ रनको लक्ष्य चार विकेट गुमाउँदै १८.४ ओभरमा हासिल गर्यो । यसअघि पहिले टस हारेर पहिले ब्याटिङमा उत्रेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन बनायो। जोस बटलरले सबैभन्दा धेरै ५१ रनको योगदान दिए । 

पञ्जाबका ओपनर क्रिस गेल राजस्थानविरूद्ध चल्न सकेनन् । उनी ८ रन बनाएर २३ को स्कोरमार जोफ्रा आर्चरको शिकार बने । उनपछि २९ को स्कोरमा मयङ्क अग्रवाल पनि २ रन बनाउँदै बेन स्टोक्सको बलमा आउट भए। 

अग्रवालपछि करुण नायरले केएल राहुलसँग मिलेर ५० रनको साझेदारी गरे । नायरलार्इ ३१ रनको अवस्थामा अनुरित सिंहले बोल्ड गरिदिए । अक्षर पटेलले केबल ४ रन बनाए। मार्कस स्टोइनिस २३ रन बनाएर राहुलसँगै नट आउट रहे।

 राजस्थानकोकी सुरुआत राम्रो भएन । ओपनर डी आर्सी शर्ट 2 र अजिङ्क्य रहाणे ५ बनाएर आउट भए। दुवैपछि सन्जू स्यामसन २८, बेन स्टोक्स १२ र कृष्णप्पा गौतम ५ रन बनाएर पभेलियम फर्किए।

पञ्जाबको तर्फबाट मुजीब उर रहमानले गतिलो बलिङ गर्दै ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए । उनलार्इ म्यान अफ द म्याच अवार्ड दिइयो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.