मदिरा पिउन नेपाल पसेका भारतीयको निहुँमा प्रहरी चौकीमै आक्रमण

मदिरा पिउन नेपाल पसेका भारतीयको निहुँमा प्रहरी चौकीमै आक्रमण

गाउँपालिकाकी उपाध्यक्ष पक्राउ परिन्

वीरगन्जः प्रहरीमाथि भएको आक्रमणको घटनामा संलग्न रहेको आरोपमा पर्साको जीराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी पक्राउ परेकी छन् । 

जीराभवानी गाँउपालिकाको सेढवामा रहेको इलाका प्रहरी कार्यालय सेंढवामा आइतवार राति भएको आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले जीरभवानी गाउँपालिकाकी उपाध्यक्ष चौधरीलाई सोमबार बिहान पक्राउ गरेको हो । चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । 

उपाध्यक्ष चौधरीकै निर्देशन र उक्साहटमा आइतवार राति इलाका प्रहरी कार्यालय सेढवामा आक्रमण भएको प्रहरीको ठहर छ । प्रहरीलाई नै अपहरण गर्न खोजेको आरोपमा चारजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छुटाउन पुगेका सढवाका स्थानीयले इलाका प्रहरी कार्यालय सेढवामा घेराउ गर्दै आक्रमण गरेपछि झडप भएको थियो । 

झडपमा पाँच जना प्रहरी घाइते भएका छन् । घाइते हुने प्रहरीहरुमा प्रहरी नायव निरीक्षक राजेश चौधरी, प्रहरी साहयक निरीक्षकहरु गोपाल  खड्का, सुकेश्वर महत्तो र शम्भु यादव तथा प्रहरी जवान जयप्रकाश यादव रहेका छन् । उनीहरुको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

भारत बिहारको बेतिया जिल्ला भंगहा थाना अन्तर्गत पर्ने शिशवा गाँउ निवासी बजरंगी गौरो, राम प्रबेश गौरो, बिष्णुभर गौरो र दिनदयाल महतो आइतवार नेपाल प्रवेश गरी मदिरा पिएर एउटै मोटसाइकलमा घर जाँदै गर्दा अपरान्ह ४ बजे सीमावर्ती प्रहरी चौकी बलुवामा खटिएका प्रहरीले रोकेर चेक जाँच गरेका थिए ।

चेकजाँचका क्रममा प्रहरीलाई नै गाली गलौज गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ  परेकामध्ये दुई जनालाई प्रहरीको मोटरसाइकलमा र दुईजनालाई उनीहरु चढेकै मोटरसाइकलमा प्रहरी चौकी बलुवाका प्रहरी हवलदार वीरबहादुर गुरुङ समेत बसेर प्रहरी चौकीमा ल्याउने क्रममा ती भारतीयहरुले गुरुङलाई नै भारततर्फ लगेका थिए । 

अपहरण शैलीमा प्रहरी हवल्दार गुरुङलाई भारततर्फ लैजाँदै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले चारैजनालाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको थियो । 

प्रहरीलाई नै अपहरण गरेको आरोप लगाउँदै चारैलाई प्रहरीले कारवाहीका लागि इलाका प्रहरी कार्यालय सेढवामा ल्याएपछि आफना आफन्तलाई पक्राउ गरेको भन्दै सेढवाका आफन्त तथा स्थानीयले आइतवार राति करिब साढे आठ बजेतिर प्रहरी कार्यालय घेराउ गर्दै प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रहरी र आक्रमण गरेका थिए ।

स्थानीयले प्रहरीको नियन्त्रणमा रहेका चारै भारतीयलाई रिहा गर्नुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरी  प्रहरीविरुद्ध नाराबाजी र प्रदर्शन गर्ने क्रममा प्रहरी चौकी जानकी टोलाको बा २ ब ५७०५ नम्बरको मोटरसाइकल र प्रहरी चौकी पाडेपुरको ना १४ प ४५७७ नम्बरको मोटरसाइकल पनि जलाइदिएका थिए । 

उनीहरुले जिल्ला प्रहरी कार्यालय पर्साको गाडीमा समेत तोडफोड गरेका छन् । स्थानीयवासी तोडफोड र आगजनीमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर पनि गरेको थियो ।

आइतवार राति प्रहरी चौकी र प्रहरीमाथि भएको आक्रमणको घटनामा संलग्न रहेको आरोपमा गाँउपालिकाकी उपाध्यक्ष चौधरीलाई सोमबार बिहान नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए । घटनामा संलग्न अन्यको खोजी भइरहेको उनले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.