च्याम्पियन्स लिग फाइनलका लागि सर्भियन रेफ्री

च्याम्पियन्स लिग फाइनलका लागि सर्भियन रेफ्री

नियोन : युरोपेली फुटबल महासंघ (यूईएफए) ले यो सिजनको युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेलाउने रेफ्रीको टुंगो लगाएको छ । यूईएफएले रूसमा आयोजना हुने आसन्न २१औं फिफा विश्वकप खेलाउन छनोट भएका दुई रेफ्रीलाई युरोपको दुई ठूला क्लब फुटबलको फाइनल खेलाउने जिम्मेवारी तोकेको हो ।

जसअनुसार सर्भियाका मिलोराड माजिकले इङ्लिस क्लब लिभरपुल र स्पेनी क्लब रियल म्याड्रिडबीचको च्याम्पियन्स लिगको फाइनल खेल खेलाउनेछन् । यस्तै नेदरल्यान्ड्सका बिजोर्न कुईपर्सले स्पेनी क्लब एट्लेटिको म्याड्रिड र फ्रान्सेली क्लब मार्सेलीबीचको युरोपा लिग फाइनल खेल खेलाउनेछन् ।

 च्याम्पियन्स लिग फाइनल मे २६ तारिखमा युक्रेनको केइभमा हुनेछ भने युरोपा लिगको फाइनल मे १६ मा फ्रान्सको ल्योनमा हुनेछ । सन् २०१३ मा चेल्सी र बेन्फिकाबीचको खेलसमेत खेलाएका कुइपर्सका लागि यो दोस्रो युरोपा लिगको फाइनल हुनेछ । कुईपर्सले सन् २०१४ को च्याम्पियन्स लिग फाइनल पनि खेलाएका थिए । कुईपर्स र माजिक अर्काे महिनाबाट रूसमा सुरु हुने विश्वकप फुटबलका लागि समेत छनोट भएका रेफ्री हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.