जन्मकैदको फैसला सुनाइएका मेयरलाई पक्राउ गर्न पत्र

जन्मकैदको फैसला सुनाइएका मेयरलाई पक्राउ गर्न पत्र

रौतहट : हिन्दू युवा महासंघका अध्यक्ष काशिनाथ तिवारीको हत्याको आरोपमा जन्मकैद सजाय सुनाइएका मेयर सियाराम कुश्वाहलाई पक्राउ गर्न प्रहरीले मातहातको युनिटलाई पत्राचार गरेको छ। रौतहटको कटहरीया नगरपालिकाका मेयर कुश्वाहलाई पक्राउ गर्न प्रहरीले पत्राचार गरेको हो।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरंगजले केही दिन अघि  जिल्ला प्रहरी गौरलाई  पत्र पठाएपछि पक्राउ गर्न कटहरीयास्थित प्रहरीलाई पत्र लेखेको हो। उच्च अदालत जनकपुरको इजलास वीरगंजले तिवारी हत्यामा दोषी ठहर गर्दै मेयर कुश्वाहलाई गएको फागुन २८ गते जन्मकैदको फैसला सुनाएको थियो।

फैसला भएको दुई महिनापछि सजाय सुनाइएका मेयर कुश्वाहलाई पक्राउ गरी बुझाउन पत्र आएको जिल्ला प्रहरी रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए।  अदालतको फैसलापछि हाजिर हुन पाउने म्याद बाँकी रहेको अवस्थामा पक्राउ पुर्जी जारी हुनु दुखद भएको उनले प्रतिकृया दिए। सर्वोच्च अदालतमा पुनरावेदन गर्ने ७० दिनको म्याद पाएको मेयर कुश्वाहको भनाइ छ।

वीरगंजको शिवपार्वती मन्दिर परिसरमा तत्कालीन हिन्दु युवा महासंघका अध्यक्ष तिवारीलाई मोटरसाइकलमा आएकाले २०६७ साल असार १२ गते गोली हानी हत्या गरेका थिए।

 बारा जिल्ला हरैयाका अमन कुश्वाह २०६८ सालमा पक्राउ परेपछि उनकै बयानको क्रममा मेयर कुश्वाहको पनि संलग्नता रहेको आरोप लागेको थियो।  फरार रहेका कुश्वाहलाई  २०७० साल पुस १ गते चितवनको भण्डाराबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई जिल्ला अदालत पर्साले सफाई दिएको थियो।गएको स्थानीय तहको निर्वाचनमा कुश्वाह नेकपा माओवादी केन्द्र बाट मेयरमा विजयी भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.