बार्सिलोना अर्को दुर्लभ कीर्तिमान नजिक

बार्सिलोना अर्को दुर्लभ कीर्तिमान नजिक

भिल्लारियलविरुद्ध ५-१ को फराकिलो जित

काठमाडौँः स्पेनिस क्लब बार्सिलोना ला लिगामा पुरै सिजन अपराजयको कीर्तिमान नजिक पुग्न लागेको छ । ला लिगा अन्रगत गएरातिको खेलमा भिलल्लारियलमाथि ५–१ को फराकिलो जितसँगै बार्सिलोना दुलर्भ कीर्तिमान नजिक पुगेको हो । 

ला लिगामा अब दुई खेल मात्रै बाँकी रहेको अवस्थामा बार्साले पुरै सिजन अपराजित रहँदै उपाधि जितेको कीर्तिमान नजिक पुग्न लागेको हो।गएराति नोउक्याम्पमा भिल्लारियललाई स्वागत गरेको बार्साले ५–१ को जित दर्ता गर्ने क्रममा लियोनेल मेसी, फिलिपे काउटिन्हो, पाउलिन्हो, डेम्बेलेले गोल गरे। 

उपाधि पक्का गरिसकेपछि पनि उत्तिकै लयमा देखिएको बार्साका लागि खेलको ११ औँ मिनेटमा काउटिन्होले गोल गरे । त्यसलगत्तै १६ औँ मिनेटमा अर्का ब्राजिलियन पाउलिन्हो गोल गर्न सफल भए । 

त्यसपछि ४५ औँ मिनेटमा मेसीले गोल गर्दै अग्रता ३–० मा पुर्याए । खेलको ५४ औँ मिनेटमा भिल्लारियलका लागि सानसोनले एक गोल फर्काए । तर, बार्साले खेलको अन्तिम समयमा थप दुई गोल गरे । यो पटक ओसमाने डेम्बेलेले खेलको ८७ औँ र अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै अन्तर ५–१ मा पुर्याए । 

जितपछि बार्सिलोनाले ३६ खेलबाट ९० अंक बनाइसकेको छ । अब दुई खेल बाँकी रहेको अवस्थामा दोस्रो स्थानको एट्लेटिको मड्रिड ७५ अंकसहित दोस्रो र रियल मड्रिड ७२ अंकसहित तेस्रो स्थानमा छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.