एक साताअघि बलात्कृत १३ वर्षीया किशोरी गर्भवती !

एक साताअघि बलात्कृत १३ वर्षीया किशोरी गर्भवती !

चन्द्रपुरः एकसाता अघि बलात्कृत १३ वर्षीया किशोरीको स्वास्थ्य परीक्षण गर्दा गर्भवती भएको रिर्पोट आएको छ । वैसाख २० गते राति रौतहटमा बलात्कृत भएकी सिन्धुलीको कमलामाई–६ की किशोरीको चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा गर्भ रहेको पत्ता लागेको हो ।

सर्लाहीको हरिवन–११ का २६ वर्षीय मुकेस दास र २६ वर्षीय रिजवान अन्सारीले ती किशोरीलाई वैसाख २० गते राति बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सिन्धुलीबाट सर्लाहीको  हरिवनस्थित दिदीको घरमा आएको बेलामा युवकहरुले घर पु¥याइदिन्छु भन्दै रौतहट ल्याएर मोबाइल किनिदिने लोभमा बलत्कार गरेको पीडित किशोरीको भनाइ छ ।

पक्राउ परेका युवकहरुले बा.२५.प १३७८ नम्बरको  मोटरसाइकलमा ल्याएर चन्द्रपुरस्थित चाँदी पुल नजिकैको सहिद स्मृति पार्कमा बलात्कार गरेको पीडितले बयान दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पक्राउ परेका मुकेस दासले २० गते राति एकपटक जवरजस्ती यौनसम्पर्क गरेको बताउँदै त्यो भन्दा अगाडि कसैसँग यौन सम्पर्क भएको बयान किशोरीले दिएको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका हवल्दार रन्जीत सिंहले जानकारी दिए ।

अनुसन्धानको क्रममा किशोरी गर्भवती रहेको रिर्पोट आएपछि प्रहरी पनि अन्यौलमा परेको छ । बलात्कृत हुनुभन्दा अगाडि  कोही कसैसँग यौन सम्पर्क नराखेको दावी किशोरीले गरेकी छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइरालाले किशोरीलाई अभिभावकको जिम्मामा पठाइएको बताउँदै घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.