पोखरामा कैरन चर्चा

पोखरामा कैरन चर्चा

पोखरा : समाजको विभेद उदांगो पार्न मिथकीय औजारको सहारा लिएको आरोप लेखक ध्रुवसत्य परियारमाथि छ । कथा संग्रह कैरनका यी लेखकमाथि सबैभन्दा बढी जिज्ञासा त्यसैबारे आउने गर्छ । ती जिज्ञासामाथि उनको प्रष्ट जवाफ छ, ‘अहिलेसम्मको विश्वास मिथकहरुले नै सिर्जना गरेका छन् ।’

सीतालाई मान्ने र सुपर्णखालाई नमान्ने विश्वास मिथले बनाइदिएको उनी सुनाउँछन् । ‘कृष्णलाई प्रेम गर्ने र कंसलाई धृणा गर्नुको पनि कारण छैन’, ¥यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा किताब कैरनमाथि आयोजना गरेको परिचर्चामा परियारले भने, ‘त्यसलाई मान्नुहुन्छ भने मेरो कुरा पनि मान्नोस् ।’

समाजले सारा जिन्दगी नै मिथ र झुठ बनाइदिएको धारणा परियारले राखे । ‘म सरासर मन्दिरमा जाँदा छेक्दिने, बाहिर साथीहरुसँग हाँस्छु खेल्छु, तर घर जाँदा बाहिर हुन्छु’, उनले भने, ‘म किन जान नहुने ?’  आफूले भनेकै भरमा परिवर्तन सम्भव नभए पनि सानो प्रयास गरेको प्रष्टोक्ति उनले दिए ।

 सोसाइटीकी सदस्य मीरा ढकालले अध्ययनपत्र प्रस्तुत गर्दै मिथकहरुलाई परियारले चुनौती दिएको सुनाइन् । ‘आममान्छेको कथा कैरनमा छन्’, उनले भनिन्, ‘थुप्रै कुराको पर्दाफास कथाहरुले गरेका छन् ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.