भित्रिँदै पपकर्न संस्कृति
काठमाडौं ः सामान्यतया पपकर्न भन्नेबित्तिकै फिल्महलमा साथिभाइसँग फ्लिम हेर्दै खाएको यादा आउँछ। हुन पनि हो, हाम्रो परिवेशमा पपकर्न खान फिल्महल नै पुग्नु पर्छ। घरमा भुटेर खाएको ‘मुरली मकै’ त ‘पपकर्न’ नभएर ‘कर्न’ मात्रै हो। त्यो त मात्रै फुल उठेको मकै हो। विस्तारै फिल्महलको विकासले नेपालमा पपकर्न भित्रियो। पपकर्न पनि फूल उठेको मुरली मकैजस्तो स्वादमा मात्र नभई अनेकौ स्वादमा भित्रियो। चिज, क्यारामेल, गोर्मे, चकलेचलगायत छन्।
फिल्महलमा खाने गरेको पपकर्नले फिल्म हेर्दा पपकर्न खानुपर्छ भन्ने बानी बसेको छ। तर, घरमा पूरै परिवारसँग बसेर फिल्म हेर्दा स्वादिलो पपकर्न खाने रहर भने त्यसले पूरा गर्दैनथ्यो। घरमा मुरली मकै छ भने त्यसले केही हदसम्म रहर पूरा गर्ला। तर, चिज पपकर्न खानु प¥यो भने ? त्यसका लागि कि फिल्म हल नै पुग्नु प¥यो कि भारतबाट प्याक भएर बजारमा आउने पपकर्न। भारतबाट आउने पपकर्न भारतीय स्वादमा हुने भएकाले नेपाली जिब्रोले खोजेको स्वाद त्यसले पूरा गर्न नसक्ला। पपकर्नलाई फिल्महलबाट बाहिर निकाल्ने काम गरेको छ क्राफ्ट फुड प्रालिले। नेपाली स्वादअनुसार कम्पनीले पपकर्न तयार गरी बजारमा ल्याएको छ। चार महिनाको अवधिमा कम्पनीले धेरै ग्राहकको मन जित्न सफल भइसकेको छ। कम्पनीले यो तीन महिनाको अवधिमा २१ वटा आउटलेट विस्तार गरिसकेको छ। यसले काठमाडौंका ग्राहकमाझ पु¥याएको छ। कम्पनीले मासिक एक टन आउटलेटबाट र मासिक दुईलाख पपकर्न प्याकेटका रूपमा बिक्री हुँदै आएको छ।
ख्यालख्यालमा निस्किएको यो प्रोजेक्टले थोरै समयमा राम्रो सफलता हात परेको छ। क्राफ्ट फुड प्रालिका प्रबन्ध निर्देशक शुभाकर मानान्धरका अनुसार यसको सुरुवात घरमा आफ्नी छोरीले पपकर्न खाँदै फिल्म हेर्न भनेपछि निस्किएको थियो। उनी भन्छन्, ‘त्यसबेला छोरीलाई अरु कुनै दिन खाउला भनेर फकाए। तर त्यति नै बेला यो क्लिक भइसकेको थियो।’ एक वर्षअघिको कुरा हो, उनले रिसर्चको काम सुरु गरे। पपकर्नको व्यवसाय कस्तो होला भनेर धेरै साथिभाइसँग सल्लाह लिए। त्यति नै बेला धेरैले पपकर्न हलमा गएरमात्र खाने होइन भनेर भनेका थिए। ‘मि िश्रत प्रतिक्रिया आयो’, उनी सम्झन्छन्, ‘तर मैले परिवारसँग यस्तो व्यवसायमा गर्दै छु भनिसकेको थिएँ।’ त्यसपछि उनले विदेशबाट मेसिन मगाए। सुरु गर्न एकदेखि डेढ करोडको रुपैयाँ लाग्यो। मेसिन ल्याएको पहिलो ६÷७ महिना पपकर्न बनाउने, टेस्ट गर्ने, खुवाउने काम मात्र भयो। गत माघबाट उनले व्यावसायिक उत्पादन सुरु गरे।
चार महिनाको अवधिमा क्राफ्ट फुड प्रालिले २१ वटा आउटलेट विस्तार गरिसकेको छ। मासिक एक टन आउटलेटबाट र दुईलाख प्याकेटका रूपमा पपकर्न बिक्री हुँदै आएको छ।
कम्पनीले पहिलो पटक रञ्जना ट्रेड सेन्टरमा रहेको एउटा कफी सपमा आफ्नो वार्मर राखेर व्यापार सुरु गरेको थियो। त्यसको एक हप्ताको अवधिमा १० वटा वार्मर राख्ने अर्डर आयो। त्यसपछि विस्तारै विदेशबाट वार्मर झिकाएर विभिन्न स्थानमा राख्न थालियो। ‘माघदेखि अहिलेसम्म लगनखेल, न्युरोड, सल्सेवेरीका पाँचैवटा स्टोर, ठमेल, रञ्जना कम्प्लेक्स, पाटन, लबिमलगायत २१ स्थानमा वार्मर जडान भइसकेको छ’, उनी भन्छन्, ‘यो महिनाभित्रै ६ वटा नयाँ आउटलेट थप्ने क्रममा छ। यो आउटलेट मात्रै हो। जहाँ फ्याक्ट्रीबाट बनेर गएको पपकर्नलाई वार्मर राखेर तातो बनाएर ग्राहकलाई खुवाउने मात्र हो। त्यहीँबाट यो पपकर्नले छुट्टैै नाम पनि पाएको छ, ‘वाउ पपकर्न’। ग्राहकले पपकर्न खाएपछि निस्किएको पहिलो एक्सप्रेसन ‘वाउँ’ नै पपकर्नको ब्रान्ड नेम बनेको छ। खासमा यसको ब्रान्ड ‘एपिकल’ भए पनि ग्राहकले दिएको नाम वाउँले यो परिचय पाएको मानान्धर बताउँछन्।
उनका अनुसार नेपालमै पहिलो पटक यसरी व्यावसायिक रूपमा पपकर्नको व्यवसाय गर्ने कम्पनी पनि यहीँ हो। ‘यो हलमा पनि छ’, उनी थप्छन्, ‘हलले त्यहाँ आउने ग्राहकलाई सेवा दिएको छ, तर हामीले ब्रान्ड नै बनाएर रिटेल प्याक र आउटलेटको व्यवसाय पनि सुरु गरेका छौं। आउटलेटमा मात्र सीमित नभएर कम्पनीले प्याकमार्फत ग्राहकलाई पपकर्न बजारमा उपलब्ध गराएको छ। उनका अनुसार जुन रूपले अहिले यसको विस्तार भएको छ, त्यस हिसाबले मासिक १० वटा र एक वर्षमा अवधिमा सयवटा आउटलेट पुग्नेछ। प्याकिङमा पनि ६ महिना भित्र काठमाडौंका हरेक पसलमा पुग्नेछ। पसलमा अहिले २० रुपैयाँमा बटर साल्ट र चिज स्वादमा पपकर्न उपलब्ध छ भने अबको तीन महिनामा ५० रुपैयाँमा पनि उपलब्ध हुने उनी बताउँछन्।
त्यसका लागि आवश्यक पर्ने दाना अर्जेन्टिना, ब्राजील अमेरिकालगायत देशबाट आयात गरिएको छ। यसमा नेपालमा पाइने मुरली मकै प्रयोग गर्न मिल्दैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘मान्छेमा मुरली मकै र पपकर्न बीचको फरक थाहा छैन।’ मकै भुट्दा फुल्छ र त्यसको एक भाग बाँकी रहन्छ। तर पपकर्न सबै फुल्छ। त्यसैले यो पपकर्न हो, तर हाम्रो मुरली मकै ‘कर्न’ मात्र हो। ‘पपकर्नमा दिने स्वादका लागि भारतमा रहेको सिजनिङ बनाउने कम्पनीलाई यहाँबाट स्वाद छनोट गरेर तयार गर्न लगाइन्छ’, उनी भन्छन्, ‘बजारमा ग्राहकले चिजको स्वादलाई सबैभन्दा बढी मन पराएका छन्। आउटलेटमा मिक्स स्वाद रुचाइएको छ।’ यति मात्र नभएर कम्पनीले अब स्पाइसी स्वादमा पनि यसलाई तयार गर्न लागेको छ। सितनका रूपमा विकास गर्न लागेको उक्त स्पाइसी पपकर्न अबको एक÷दुई महिनाभित्रै आउटलेटमार्फत उपलब्ध गराउने कम्पनीको योजना छ। उक्त आउटलेटमा चार÷पाँचवटा स्वादको पपकर्न एकै ठाउँमा खान पाइन्छ। चकलेट फ्लेवरमा पनि पपकर्न आउँछ।
कम्पनीले अहिले स्थान हेरेर पसलमा वार्मर मेसिन राखिदिने गरेको छ। त्यसमा मकै पनि कम्पनी आफैंले हालिदिन्छ। उनले भने, प्याकिङ ब्याग पनि दिएको छ। त्यो बेचेबापत पसलेलाई कमिसन दिने गरेको छ। मानान्धरका अनुसार एउटा आउटलेटका लागि लागत ७० देखि ७५ हजार हुन्छ। त्यो अहिले कम्पनी आफैंले व्यहोर्दै आएको छ। विस्तारै सेयरमा पनि जान सकिने उनी बताउँछन्। उनका अनुसार स्न्याक्सको टे«न्डमा फरक ल्याउने योनजाका साथ यसको सुरुवात भएको थियो। ‘हलमा जाँदा त्यहाँ लाग्ने खर्चभन्दा मान्छेले घरमै बसेर एक सय रुपैयाँको पककर्न किनेर फिल्म हेरुन भन्ने योजना थियो, त्यसको सुरुवात भएको छ’, मानान्धर भन्छन्, ‘हामीले क्वालिटी र स्वादलाई निरन्तरता दिएर ग्राहक आकर्षण गरेको छौं।’ अब चिप्सलगायत स्न्याक्स पनि वाउ ब्रान्डमै आउनेछ। अहिले दैनिक एक टन उत्पादन गर्न सक्ने क्षमतालाई विस्तार गरी अघि बढ्ने बताइएको छ।