डिजिटल फाइनान्स कनेक्टिभिटी : राष्ट्र बैंक र दूरसञ्चार प्राधिकरणबीच सहकार्य

डिजिटल फाइनान्स कनेक्टिभिटी : राष्ट्र बैंक र दूरसञ्चार प्राधिकरणबीच सहकार्य

काठमाडौं : डिजिटल फाइनान्समा कनेक्टिभिटीको सुनिश्चितताका लागि नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) बीच सहकार्य हुने भएको छ। यसका लागि छिट्टै दुई संस्थाबीच सम्झौता हुने एनटीएले जनाएको छ।

पछिल्लो समय बढ्दो डिजिटल कारोबारको प्रभावकारिता र नेटवर्कमा कुनै किसिमको रुकावट नआवस् भन्नाका लागि दुई संस्थाबीच सहकार्य हुन लागेको एनटीएका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार डिजिटल फाइनान्समा टेलिकम अपरेटरको पनि भूमिका हुने भएकाले पनि उक्त सहकार्य अनिवार्य भएको हो। यो सहकार्यसँगै राष्ट्र बैंकले डिजिटलमार्फत हुने कारोबारको आर्थिक पक्ष हेर्नेछ भने त्यसका लागि आवश्यक नेटवर्कको पक्षमा एनटीएले हर्नेछ।

‘त्यसमा एउटा संयुक्त कमिटी बन्नेछ’, उनले भने, ‘सहकार्य भएपश्चात त्यसमा कुनै किसिमको समस्या आए त्यो कमिटीले दबाब दिने काम गर्नुका साथै आफ्नो क्षेत्रमा आवश्यक अध्ययन र सहकार्य गर्नेछन्।’ यसका अलवा अर्को पक्ष भनेको डिजिटल फाइनान्सका लागि मोबाइल नेटवर्क भरपुर प्रयोग गरेर क्यासलेस सिस्टममा अघि बढाउनु नै हो। नेटवर्कको सुनिश्चितताले ग्राहकलाई पनि प्रयोग गर्न प्रोत्साहन मिल्ने उनी बताउँछन्।

राष्ट्र बैंक स्रोतका अनुसार डिजिटल पेमेन्ट भनेको कनेक्टिभिटीसँग लिंक भएकाले यो सहकार्य गर्न लागिएको बताइएको छ। राष्ट्र बैंकको डिजिटल पेमेन्ट सिस्टममा संलग्न भएका अथवा राष्ट्र बैंकले लाइसेन्स दिएका संस्थालाई कनेक्टिभिटीको सुनिश्चितता गर्न एनटीएसँग सम्झौताको तयारी भएको हो। आवश्यक रूपमा नेटवर्क सुनिश्चितताका लागि नेपाल दूरसञ्चार प्राधिकरणले आफ्ना मातहतमा रहेका नेटवर्क प्रोभाइडरलाई नियमन गर्नेछ।

यसको मुख्य उद्देश्य सेवाको सुनिश्चितता नै हो। स्रोतका अनुसार डिजिटल कारोबारको सिस्टममा नेटवर्कमार्फत कुनै किसिमको रुकावट नआवस् भनि यो काम हुन लागेको हो। मोबाइल नेटवर्क प्रोभाइडरले कुनै पनि कम्पनीलाई म तलाई मेरा सेवा दिन्न, यो सेवा अर्कोलाई मात्र दिन्छु भन्ने नहोस् भनेर त्यसको सुनिश्चितता गर्न यो आवश्यक थियो।

यो सहकार्य भएसँगै नेटवर्क प्रोभाइडरले हरेक डिजिटल कारोबार गर्ने कम्पनीलाई एउटै खालको सेवा प्रदान गर्नुपर्ने हुन्छ। त्यसले नागरिकलाई दिने सर्भिसमा कुनै रुकावट आउने छैन। यसमा एनटीएले आफ्नो मातहतका सर्भिस प्रोभाइडर कम्पनीलाई निगरानी र त्यसको सुनिश्चितता लिनुपर्ने गरी सम्झौता हुन लागेको हो। बैंकले डिजिटलमार्फत हुने आर्थिक कारोबार र कारोबार गर्ने कम्पनीलाई निगरानी गर्ने बैंक स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.