इमर्जेन्सीमा बस्दैनन् डाक्टर

इमर्जेन्सीमा बस्दैनन् डाक्टर

गौशाला : महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन्। अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन्।तर इमर्जेन्सीमा डाक्टर आउँदैनन्। 

अस्पतालमै रहेको क्वाटरमा सुतिरहेका डाक्टरलाई इमर्जेन्सीमा खटिरहेका अन्य स्वास्थ्यकर्मी डाक्टरले गाली गर्छन् भनेर बोलाउन जान पनि सक्दैनन्।अस्पतालमा डाक्टर नभेटिएपछि बिरामी दिक्क भएर अन्य अस्पताल जान बाध्य भएका छन्।

शनिबार जिल्ला अस्पताल जलेश्वरमा आमा बिरामी भएर जँचाउन गएका जलेश्वर-२ का सञ्जित चौधरीले आमा सिकिस्त भएको भन्दै इमर्जेन्सीमा भर्ना गराए। त्यहाँ डाक्टर नभएपछि स्वास्थ्यकर्मीलाई डाक्टर बोलाइदिन आग्रह गरे। चिकित्सक नआएपछि उनले सञ्चारकर्मीलाई गुहारेपछि यो कुरा बाहिर आएको हो।

बिहानैदेखि आमा बिरामी भएर अस्पताल पुगेका चौधरीले जिल्लाका पत्रकार, प्रशासन र अन्य ठाउँमा इमर्जेन्सीमा डाक्टर नबसेको र फोन गर्दासमेत अटेर गरेको भन्दै गुनासो गरे। पछि जिल्ला अस्पतालका प्रमुख डा. राजीव झालाई दवाव आएपछि केही घण्टापछि मात्र बिरामी जाँच्न इमरजेन्सीमा आए। 

यो एकदिन वा दुईदिनको घटना होइन। त्यहाँका डाक्टर प्रायजसो अस्पतालमा बस्ने नगरेको त्यहाँका कर्मचारीले नाम नछाप्ने शर्तमा बताए। उनीहरुले कुनै भिआइपी वा उनका घरपरिवारका बिरामी आएमा उनले आफैँ डाक्टरलाई फोन गरेपछि मात्रै डाक्टर आउने गरेको बताए। तर सामान्य नागरिक बिरामी भएर अस्पताल पुग्दा प्रायः डाक्टर नआउने र विभिन्न बहाना बनाएर बिरामीलाई अन्यत्र पठाउने गरेका छन्। 

यस सन्दर्भमा जिल्ला अस्पतालका प्रमुख डा. झालाई फोन गर्दा उहाँले बिरामी वा बिरामीका आफन्तले पत्रकारलाई फोन गर्दैमा डाक्टर त्यहाँ आउने हो र ? भन्दै उल्टै हप्काए।

महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा छजना मेडिकल अधिकृतको दरबन्दी रहेकामा कार्यालय प्रमुख डा. राजीवकुमार झा स्थायी हुन् भने अन्य छजना डाक्टर करारमा छन्।तर बिरामीको उपचारमा  चाहिएको समयमा भने डाक्टर भेटिदैनन्।रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.