रक्सौल–रसुवागढी–केरुङ जोड्ने छोटो बाटो निर्माण

रक्सौल–रसुवागढी–केरुङ जोड्ने छोटो बाटो निर्माण


१७ किलोमिटर सिंगल लेन सम्पन्न, आइतबार हस्तान्तरण

मैलुङ, नुवाकोट ः नेपाल–चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका पुग्ने छोटो दुरीको सडकमार्ग खन्ने कार्य नेपाली सेनाले पूरा गरेको छ। २०७२ सालको वैशाखदेखि नेपाली सेनाले १७ किलोमिटर लामो सडकको सिंगल लेन सडक खन्ने कार्य सकिसकेको छ।

अहिले १७ किमी दुरीको पूरै डबल लेन सडक निर्माण सम्पन्न भएर पर्खाल लगाउने अन्तिम चरणको काम भइरहेको नेपाली सेनाले जनाएको छ। सो सडक सेनाले आइतबार विशेष कार्यक्रम गरी सरकारलाई हस्तान्तरण गर्ने भएको छ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सो सडक नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना छ। सडक हस्तान्तरणका लागि प्रधानमन्त्री केपी शर्माओलीलाई निमन्त्रणा गरिसकिएको जनाइएको छ।

प्रधानमन्त्रीको समय नभए भौतिक योजना तथा निर्माणमन्त्रीलाई सो सडक हस्तान्तरण गर्ने योजना रहेको सडक निर्माणमा संलग्न नेपाली सेनाका अधिकारी सञ्जय केसीले जानकारी दिए। नेपाली सेनाले स्याफ्रुबेसी–मैलुङ सडकमार्गको निर्माण कार्य सकेर अन्तिम चरणको काम भइरहेको केसीले बताए।

चीनले गत सेप्टेम्बर १ तारिखदेखि रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा मान्यता दिएपछि यसको महत्व झनै बढेर गएको छ। त्रिदेशीय सडक मार्गका रूपमा रहेको यस सडकले नेपाल–भारत र चीनको सडक दुरीसमेत घटेको छ।

सो सडक सेनाले एकै पटक सात स्थानबाट खनेर समयमै सकेको हो। कुनै समस्या नपरेमा सो सडक आइतबार नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख तथा सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए।

सो सडक रसुवागढी प्रवेशमा छोटो र छिटो भएको पनि उनले बताए। सो बाटोको निर्माण पूरा भएकाले चीन–नेपाल–भारतको दुरी छोटो भएकोे डिभिजनल सडक कार्यालय नं. ५ नुवाकोटले जनाएको छ।

त्रिशूली र भोटेकोशीको दोभान, सोलेमा दुई स्थान, मैलुङ र बुङचेत दुई स्थान, स्याफ्रुबेसीबाट सडक खनेर सम्पन्न गरिएकोे सडक खन्ने कार्यमा संलग्न नेपाली सेनाका इन्जिनियर सेनानी सञ्जय केसीले जानकारी दिए।

सो सडक खन्न एक सय ५२ जना नेपाली सेना र ९० जना सर्वसाधारण दैनिक खटिएका थिए। सो सडकमा हाल टेवा पर्खाल लगाउने, भीर कटिङ गर्ने, घुम्ती मिलाउने काम भइरहेका र एक साताभित्र सबै सकिने सेनानी केसीले जानकारी दिए।

सेनाको अगुवाईमा गत २०७२ साल वैशाखदेखि सडक खन्ने कार्य सुरु भएको थियो। सो सडक खन्ने कार्यमा सेना र सर्वसाधारण गरी दुई सय ४२ जना दैनिक खटिएका थिए। सो सडक सेनाले १७ किलोमिटर डबल लेन पूरै खनिसकेको छ। हाल सञ्चालनमा रहेको बेत्रावति–कालिकास्थान–धुन्चे–स्याफ्रुबेसी सडक ५४ किलामिटर दुरीको छ।

प्राविधिक सेनानी केसीका अनुसार रसुवागढी नाका हाल चीनतर्फ सञ्चालनमा रहेको एकमात्र नाका रहेका कारण सो सडकलाई मैलुङ–स्याफ्रुबेसी सडकलाई नेपाली सेनाले लक्ष्य अनुसार समयमै सकेको हो। सडक निर्माणका लागि हालसम्म कुल ६८ करोड ६९ लाख रुपैया खर्च भइसकेको छ।

सो सडक बेत्रावतिदेखि मैलुङ १२ र मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर दुरी छ। नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने उक्त सडकमार्ग निर्माणमा नेपाली सेना प्राविधिकसहित खटिरहेको छ। १८ थान कम्प्रेसर मेसिन, १८ थान ड्रिलिङ मेसिन र ४० थान ज्याक ह्यामर सडक खन्न प्रयोग गरिएका छन्।

सो सडक निर्माणमा असहज स्थानमा बिस्फोटक पदार्थलगायत सामग्री हेलिकोप्टरले लैजाने गरेको थियो। त्रिशूली नदीको देब्रे किनारामा निर्मित सो सडकमा सेनाले एक सय ३० फिट लम्बाई र २० टन क्षमताको बेलिब्रिजसमेत निर्माण गरिसकेको छ। हाल नेपाल–चीनबीचको व्यापारिक कारोबार उत्तरी नाका रसुवागढीबाट सञ्चालन भएपछि सडक व्यवस्थित गर्न सरकारले घोषणा गरेको स्याफ्रु–मैलुङ सडक निर्माणमा सेनाले गरेको कार्य प्रशंसनीय रहेको रसुवाका सांसद मोहन आचार्यले बताए।

यो सडकबाट नेपाल र नेपालीको भविष्य उज्जवल हुने उनको दाबी छ। सो सडकको निर्माण समयमै सकिनु गरिनु पर्ने निष्कर्षसहित संसदको विकास समितिका पदाधिकारीलेसमेत चार पटक अवलोकन गरेका थिए।

सो सडक खनिसकेपछि बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक २९ किलोमिटरमा छोटिएको छ।

छोटो बाटोले नुवाकोट र रसुवाको आर्थिक गतिविधिलाई विस्तार गर्न मद्धत पुग्ने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए। मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढिसकेको र यो सडकले जनताको जीवनस्तरमा ठूलो सुधार आउने उनले बताए।

बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक बनेसँगै गाउँको कृषि उत्पादनलाई सहरमा पुस्याउन सहज हुने र आर्थिक उपार्जन राम्रो गर्न सुविधा पुग्ने नुवाकोट उद्योग वाणिज्य संघका महासचिव दीपक कायस्थले बताए। यो सडक निर्माणपछि रसुवागढी हुँदै चीनसँगको व्यापारमा सहज हुनेछ।

चीन र भारतलाई छोटो दुरीमा जोड्न समेत सो सडक सहयोगी हुने दाबी उद्योगी व्यवसायीको छ। सडक खण्डको निर्माणसंगै नुवाकोट र रसुवाको सीमानामा रहेको बेत्रावतीबाट स्याफ्रुबेसीसम्मको १७ किलोमिटर सडक दुई लेनमा निर्माण गरिएको छ।

राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै नाका जोड्ने सडकको ट्र्याक जेठको पहिलो सातामै पूर्ण रूपमा खुलेको हो। २०७२ वैसाखदेखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडकको ट्र्याक निर्माणको काम निर्धारित समयमै सम्पन्न भएको नेपाली सेनाको मैलुङ स्याफ्रुबेसी सडक निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी केसीले बताए।

उनले विभिन्न समस्याको वावजुत पनि निर्धारित समयमै निर्माण सम्पन्न गरेको बताए। यससंगै राष्ट्रिय प्राथमिकतामा परेको स्याफ्रुबेसी–मैलुङ सडक खुला भएको छ। नेपाली सेनाले निर्माण गरेको सो सडकमा वर्षात्को समयमा भने जोखिम हुने आशंका गरिएको छ।

तीन वर्षदेखि लगातार नेपाली सेनाले पाएको कार्यादेश बमोजिम निर्धारित समयमै काम भएको र अब केही ठाउँमा टेवा पर्खाल र धुञ्चेदेखि तलको त्रिशूली नदी छेउको एक सय मिटर दूरीमा सतह मिलाउने काम भइरहेको प्राविधिक सेनानी केसीले बताए।

नेपाल–चीनबीच व्यापार व्यवसाय अभिवृद्धि गर्न सहज हुने उक्त राजमार्ग गल्छीदेखि रसुवागढीसम्म पहिलेभन्दा २५ किमी छोटो हुने गल्छी–बेत्रावती–धुञ्चे–रसुवागढी एक सय ६ किमी र गल्छी–बेत्रावती–मैलुङ–रसुवागढी ८१ किमी निर्माणमा संलग्न प्राविधिकले बताए। यस सडक निर्माण सम्पन्न भएसँगै गल्छी, त्रिशूली, बेत्रावती मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.