कांग्रेस संसदीय दलको नेतामा रावल

कांग्रेस संसदीय दलको नेतामा रावल

धनगढी  : प्रदेश सरकार गठन भएको तीन महिनापछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ७ को संसदीय दलको नेतामा डा. रणबहादुर रावललाई चयन गरेको छ। 

आइतबार बसेको बैठकले रावललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको सांसद टेकबहादुर रैकाले जानकारी दिए। नेपाली कांग्रेसका सांसदबीच सहमती जुट्न नसक्दा संसदीय दलको नेता चयन हुन सकेको थिएन।

डा. रावल कैलाली क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।संसदीय दलको नेता चयनका लागि कांग्रेस केन्द्रीय कार्यालयले सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको थियो।

७ नम्बर प्रदेशका लागि खटिएका केन्द्रीय सदस्य एनपी साउदको उपस्थितिमा बैठक भएको थियो।कांग्रेसको प्रदेश ७ को संसदमा १२ जना सांसद रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.