मृत्युको मुखबाट फर्किएका यी बालक

मृत्युको मुखबाट फर्किएका यी बालक

काठमाडौँः चितवनको खैरेनी नगपालिका–३ मा स्थित सैनिक आवासीय महाविद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रीनव लामिछानेमाथि हत्या गर्ने प्रयास भएको भन्दै पीडित परिवारले सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । 

पीडित परिवारले आइतवार राजधानी पत्रकार सम्मेलन गरेर गत वैशाख २८ गते ३ बजे बिहान लामिछानेलाई त्यही स्कुलमा पढ्ने कृष थापा, रिवाज रेग्मी र अनिश श्रेष्ठले कुपिट गर्दै ज्यान लिनेसम्मको कोशिश गरेको भन्दै उक्त घटनाबारे प्रशासन बेखबर रहेको आरोप लगाएको छ । 

श्रीनवकी आमा सृजनाले दोषीलाई कारबाहीको माग गरेकी छन् । ‘हामीले भरोसा गरेको स्कुलमा यस्ता घट्नाहरु हुनु स्वभाविक रुपमा लिन सकिँदैन, समुहमा मिलेर ज्यान मार्ने सम्मको योजना बनाएर रातिको समयमा बाथरुममा लगेर कुटपिट गर्नुलाई हामीले के भन्ने ?’, उनले भनिन्, ‘यस विषयमा प्रशासन पनि बोलेको छैन, सैनिक महाविद्यालयले पनि कुनै जवाफ दिएको छैन, आज मेरो छोराको अवस्था ठीक छैन, आगामी दिनमा उसको भविष्य के हुने ? कसरी उसले आफ्नो जिन्दगी चलाउने ?’

पत्रकार सम्मेलनमा पीडित लामिछानेकी काकी स्वीकृति पौडेलले उक्त घटनालाई गुपचुप राख्न सैनिक महाविद्यालय र राजनीतिक शक्तिहरु लागेको खुलासा गरेकी छन् । 

‘यस्तो अपराधिक कार्यलाई गोप्य राख्न चितवनका राजनीतिककर्मी र सैनिक महाविद्यालय लागि रहेको छ’, उनले भनिन्, ‘यस कार्यले हाम्रो जीवनको सुरक्षाको विषय कति भत्केको छ भन्ने थाहा हुन्छ ।’

भिडियो

पीडित विद्यार्थी श्रीनव लामिछानेले तीनजनाको समुह मिलेर आफ्नो ज्यान लिने उद्देश्यकासाथ आक्रमण गरेको जिकिर गरेका छन् । 

‘गत बैशाख २८ राति ३ को घटना हो, कृष थापा, रिवाज रेग्मी र अनिस श्रेष्ठले मलाई कुटे, कोहीले मुख थुने, कसैले घाँटी थिचे’, उनले भने, ‘त्यसपछि म बोल्न नसक्ने स्थितिमा पुगेका बेला अरु केही साथीहरुले थाहा पाएपछि मलाई बचाएका हुन् ।’ 

त्यो घटना भन्दा पहिले कुनै झगडाबारे सोधिएको प्रश्नमा उनले भने, ‘कुनै त्यस्तो झगडा थिएन, कसैसँग रिसिईबी थिएन, तिनीहरुले स्कुल बन्द गर्न मलाई मार्न खोजेको हुन् जस्तो लाग्छ ।’

उनले अगाडि भने, ‘कुनै एउटाले गल्ती गर्यो भने समुहमा भएका विद्यार्थीहरुले कुटाई खानुपर्ने, गल्ती एउटाले गर्छ कारबाही सबैले भोग्नुपर्ने स्थिति हुन्थ्यो, विद्यालय बिदाका लागि ममाथि यस्तो आक्रमण भएको हो ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.