दिल्लीलाई अर्को सफलता १४ ओभरमा सात विकेट गयो
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दिल्ली डेयरडेभिल्सले १४ ओभरमा सात विकेट लिएको छ । छैठौ विकेटका रुपमा मुम्बई इन्डियनका कप्तान रोहित शर्मा आउट भएका छन् । शर्मा हर्षल मट्टेलको बलमा क्याच आउट भएका हुन् । बाउन्ड्री हान्ने क्रममा पोल्लार्डलाई सन्दीपले म्याक्सवेल र बोल्टमार्फत् क्याच आउट गराएका हुन्।
सातौ विकेटको रुपमा हार्दिक पाण्ड्या आउट भएका छन् । अमित मिश्राको बलमा राउल टेवाटियाले पाण्ड्यालाई क्याच आउट गरेका हुन् । दिल्लीका लागि सन्दीप लामिछाने र अमित मिश्राले समान तीनतीन विकेट लिएका हुन् ।