कर्णाली प्रिमियर लिगको उपाधि आर्मीले चुम्यो

कर्णाली प्रिमियर लिगको उपाधि आर्मीले चुम्यो

सुर्खेत : कर्णाली प्रदेशमा पहिलो पटक भएको रुस्लान कर्णाली प्रिमियर लिग (केपीएल) टि-२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुमेको छ। शनिबार भएको फाइनलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही-११ लाई ३७ रनले पराजित गर्दै आर्मीले केपीएलको पहिलो सिजनको उपाधि जितेको हो। 

उपाधिसँगै आर्मीले तीन लाख नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ। उपविजेता रुपन्देहीले नगद एक लाख ५० हजारसहित ट्रफी पाएको छ। टस जितेर रुपन्देहीले पहिलो फिल्डिङ रोजेपछि आर्मीले ब्याटिङ गरेको थियो। अर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३२ रनको मध्यमस्कोर बनाउन सक्यो। आर्मीका लागि ओपनर सागर पुनले ३८, कप्तान विनोद भण्डारीले २८ र राजेश पुलामीले २२ रनको योगदान दिए। 

बलिङतर्फ रुपन्देहीका विकास श्रेष्ठले ३ तथा बसिर अहमद, विक्रम भुषाल र सन्दीप सुनारले एक विकेट लिए। आर्मीले दिएको एकसय ३३ रनको लक्ष्य पछ्याएको रुपन्देही ब्याटिङमा जम्न सकेन।  रुपन्देही १७ दशमलव ५ ओभरमा अलआउट हुँदै ९५ रनमै समेटियो। रुपन्देहीका लागि निश्चल चौधरीले २६, सन्दीप सुनारले २४, कप्तान शक्ति गौचनले १७ र सौरभ खनालले १६ रनको योगदान दिए। 

बलिङतर्फ आर्मीका विक्रम शोवले तीन, सुशन भारी र हरीकृष्ण झाले समान दुई-दुई तथा जितेन्द्र मुखिया र चन्द्र सावदले एक-एक विकेट लिए। खेलको म्यान अफ दि म्याच आर्मीको विक्रम शोव भए। बन्धुविहास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा जेठ ३ गतेदेखि केपीएलको पहिलो सिजन सुरु भएको थियो। प्रतियोगितामा राष्ट्रिय स्तरका विभिन्न १० टिम सहभागी थिए।  प्रतियोगिता कर्णालीमा आयोजना गरिएको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको हो। 

प्रतियोगिता पूर्वाधारको अभावमा केही समस्या देखिए पनि खेलाडीको उत्साहपूर्ण सहभागिताका कारण हरेक वर्ष केपीएल आयोजना हुने प्रतियोगिताको संयोजक रेशम शाहीले जानकारी दिए।

खेलको म्यान अफ दि सिरिज रुपन्देहीका अलराउण्डर सन्दीप सुनार भए। उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरे। त्यस्तै प्रतियोगिताको उत्कृष्ट व्याट्सम्यान आर्मीका सागर पुन घोषित भए। पुनले नगद दस हजारसहित ट्रफी प्राप्त गरे। त्यसैगरी उत्कृष्ट बलर बनेका रुपन्देहीका कृष्ण कार्कीले पनि नगद दस हजारसहित ट्रफी प्राप्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.