क्रिकेटर सन्दीपलाई पोखरामा एक लाखसहित सम्मान

क्रिकेटर सन्दीपलाई पोखरामा एक लाखसहित सम्मान

पोखरा : युवा क्रिकेटर सन्दीप लामिछाने आइतबार पोखरामा सम्मानित भएका छन्। इण्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रदर्शन गरेर चर्चित भएका लामिछानेलाई प्रतिभा माध्यामिक विद्यालय र अटोवेज प्रालिले सम्मान पत्र, दोसल्ला र नगद १ लाख रुपैयाँले सम्मान गरेका हुन्।
 
प्रदेश नम्बर ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले एक कार्यक्रममा बीच युवा क्रिकेटर लामिछानेलाई सम्मान गरिन्। क्रिकेट खेलको माध्यमबाट नेपाललाई चिनाउन महत्वपूर्ण योगदान दिएकाले लामिछानेलाई खेलतर्फ लाग्न अझै हौसला बढाउन सम्मान गरिएको आटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलले बताए। 

फ्यानहरुका बीचमा सन्दीप लामिछाने। तस्बिर : अन्नपूर्ण

सम्मान पछि बोल्दै युवा क्रिकेटर लामिछानेले विद्यार्थीलाई पहिलो प्राथामिकता पढाइमै लगाउन र फुर्सदको समयमा खेलमा लाग्न सुझाए। खेलको मध्येमबाट देशलाई चिनाउन सकिने भएकाले आफूलाई रुची भएको खेलमा ध्यान दिएर खेल्न पनि उनले सल्लाह दिए।

सम्मान हुनु अघि उनले प्रतिभा माध्यामिक विद्यालयको अवलोकन गरेका थिए। सम्मान कार्यक्रममा सन्दीपसँग सेल्फी लिने र अटो लिने युवा विद्यार्थीको भीड लागेको थियो। भीडका बीच युवा खेलाडी लामिछानेले  विद्यार्थीको मन राख्न भ्याएसम्म अटो ग्राफमा हस्ताक्षर गर्न र सेल्फी खिच्न समय खर्चेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.