गणतन्त्र दिवसमा प्रदेश ५ मा सार्वजनिक बिदा
रुपन्देही : प्रदेश नं ५ का १२ जिल्लामा जेठ १५ गते गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिइने भएको छ। गणतन्त्र दिवसको दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक तथा कानून मन्त्रालयले आज सूचना प्रकाशन गरी जानकारी दिएको छ।
गणतन्त्र दिवसको अवसरमा सोमबारदेखि तीन दिनसम्म विभिन्न संघ, संस्थाको समन्वयमा विभिन्न कार्यक्रम आयोजना हुने पनि बताइएको छ।प्रदेश नं ५ मा रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, बाँके, बर्दिया, रोल्पा, दाङ, पूर्वी रुकुम, कपिलवस्तु र प्यूठान पर्दछन्। रासस