गायक योगेश वैद्यलाई रेडियो अन्नपूर्णको दीर्घ साधना सम्मान

गायक योगेश वैद्यलाई रेडियो अन्नपूर्णको दीर्घ साधना सम्मान

काठमाडौँः वरिष्ठ गायक योगेश वैद्यलाई रेडियो अन्नपूर्ण नेपाल ९४ मेघाहर्जले दीर्घ साधना सम्मानमा सम्मानित गरिएको छ । 

मंगलबार काठमाडौँमा आयोजित रेडियो अन्नपूर्ण नेपालको चौथो वार्षिकोत्सव कार्यक्रममा अन्नपूर्ण मिडिया नेट्वर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र वरिष्ठ गीतकार रत्न शमशेर थापासहितले वैद्यलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरेका हुन् । 

आधुनिक गीतसंगीतको श्रीवृद्धिमा छ दशक लामो समयदेखि साधनारत वैद्यको निरन्तरको विशिष्ठ साधनाका लागि २५ हजार रुपैयाँसहितको यो सम्मान प्रदान गरिएको हो । 

नेपाली र नेवारी भाषाका चार सयभन्दा बढी गीतमा स्वर भरेका वैद्यले दर्जनौं गीतमा संगीत पनि दिएका छन् । उनले गीतका साथै थुप्रै कविता पनि सिर्जना गरिसकेका छन् ।

सम्मान कार्यक्रममा बोल्दै गायक वैद्यले रेडियो अन्नपूर्णबाट यस्तो सम्मान पाउँदा आफैँलाई देखेर आफू खुसी भएको रोचक प्रतिक्रिया दिए । आफूले सांगीतिक क्षेत्रमा निरन्तर साधना गरेकै कारण यो अवस्थासम्म आइपुगेको बताउँदै वैद्यले यसमा स्रोता र दर्शकको अटुट साथ रहेको पनि स्मरण गरे । 

त्यसैगरी कार्यक्रममा भाषाविद चूडामणि गौतम र वरिष्ठ सञ्चारकर्मी तथा साहित्यसेवी दाहाल यज्ञनिधीलाई पनि सम्मानित गरियो । कार्यक्रममा वरिष्ठ गीतकार रत्न शमशेर थापा, यादव खरेल र वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि उपस्थित थिए । 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.