बजेट मिश्रित : कांग्रेसका महामन्त्री कोइराला
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शाशंक कोइरालाले आर्थिक वर्ष २०७५/०७६ बजेट मिश्रित भएको प्रतिक्रिया दिएका छन् । उनले भने,‘ बजेटमा केही पक्ष राम्रा छन्, केही कमजोरी छन्, म यो बजेट मिश्रित छ भन्छु ।’
उनले सरकारले राम्रै प्रयास गरेर बजेट ल्याएको बताए । ‘अफठ्याराहरु धेरै छन्,उहाँहरुले प्रयास गर्नु भएको छ ,’ उनले भने । उनले बजेटमा धेरै नयाँ कार्यक्रम रहेको बताए । महामन्त्री कोइरालाले पूर्ण प्रतिक्रिया भने अध्ययन गरेर मात्र दिने बताए ।
नेपाली कांग्रेसकै नेता मानबहादुर विश्वकर्माले बजेटमा सस्तो लोकप्रियताका कार्यक्रम मात्र रहेको प्रतिक्रिया दिए । उनले यो बजेटले समृद्धिको नारा अधुरो हुने बताए । लागि बजेट ल्याएको बताए ।