बरामद सवारीसाधन अलपत्र

बरामद सवारीसाधन अलपत्र

चन्द्रपुर : रौतहटको सशस्त्र बन रक्षक कार्यालय परीसरमा काठ चोरीमा प्रयोग भएका साना तथा ठुला गरी दर्जनौ सवारीसाधन अलपत्र अवस्थामा देखिन्छ। अधिकाश सवारी साधनका पाटपुर्जा हराइसेका छन्। १० बर्ष भन्दाबढी समयदेखी अलपत्र अवस्थामा राखिएका सवारीसाधनका पाटपुर्जा खिया लागेर नष्ट हुँदै गएका छन्। जिल्ला वन कार्यालय रौतहटस्थित चन्द्रनिगाहपुरमा रहेको सशस्त्र बन रक्षक परीसरमा बरामद भएका ट्रक, ट्याक्टर, मोटरसाईकल, जिप, टायरगाडा र साईकललगायतका साधन छन।

काठ तस्करीमा प्रयोग भएका सयौं सवारीसाधन अदालती प्रकृयामा रहेकाले कुहिने अवस्था पुगेका छन भने कतिपय बन कार्यालयले लिलामी नगरेकाले अलपत्र परेको छ। वन कार्यालय र मातहतका ईलाका वन कार्यालयमा बरामद भएका सवारीसाधन अलपत्र अवस्थामा पुगेका हुन्। तस्करले प्रयोग गरेको चारवटा ट्रक र जीप तथा दर्जनौ मोटरसाइलको कागजपत्र नभेटीएपछि बेवारीसे अवस्थामा रहेको हो। बनका कर्मचारीले अदालतमा मुद्धा चलिरहेकाले बरामद भएका सवारीसाधन र काठ अलपत्र अवस्थामा रहेको बताउने गरेका छन्।

रौतहट जिल्ला अदालतका श्रेस्तादार चिन्तामणि शर्माले जिल्ला वन कार्यालयको दुई बर्षभन्दा अघिको मुद्धा नरहेको जानकारी दिदै, उच्च तथा सर्वोच्च अदालतसम्म पनि मुद्धा चलेको हुन सक्ने जानकारी दिए। २०६४ साल यता काठ बरामद भएका सवारीसाधन राखिएका छन्। बन कार्यालयको तथ्यांकमा ६ वटा ट्रक, ५ वटा ट्याक्टर, एउटा जिप, तीन वटा मोटरसाईकल बरामद भएका छन्। काठ चोरी तस्करीमा प्रयोग भएका एकसय भन्दा बढी साइकल पनि छन्। करीव एकसय वटा टायरगाडा कुहिएर छरपस्ट भएका छन्।

अधिकाश सवारीसाधनको बिषयमा अन्य प्रकृयामा जान नसकेको रौतहटको डिएफओ दिर्घनारायण कोईरालाले बताएका छन्। बरामद भएका सबै सवारी साधन र काठको विवरण संकलन गरी प्रकृयामा जाने डिएफओ कोइरालाले बताए। बरामद भएका कतिपय मोटरसाइकल बन गस्तिमा कर्मचारीले नै प्रयोग गर्दै आएका छन्। गोलियासहित बरामद भएका कतिपय मोटरसाइकल बरामदीमा देखाउने गरीएको छैन। कागजपत्र नहुने र मानिस पक्राउ नपर्नेहुँदा मोटरसाइकल बेवारीसे हुने गरेको छ। बरामद भएका धेरैजसो टयाक्टर, टायरगाडा, मोटरसाईकल र साईकलका काम लाग्ने पाटपुर्जा हराएका छन्। त्यस बिषयमा बन कर्मचारीले आफुहरुलाई जानकारी नभएको प्रतिकृया दिने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.