म बालपुुजारी
ओम हर हर हर महादेव
बाघको छाला सर्पको माला
हातमा छ डमरु त्रिशूल छ बाला
ओम हर हर हर महादेव...
उनको उमेरका साथी ओछ्यानमा निद्रामै हुुन्छन् । उनी भने सबेरै मन्दिर पुुगी पूजा सुुरु गर्छन् । उनले पूजा गरेपछि नेपालभरका भक्तजनले दर्शन र पूजाआजा गर्छन् । हलेश्वर इङ्लिस बोर्डिङ स्कुुलबाट कक्षा २ सकेका सुुदिन गिरी बल्ल ३ कक्षामा पढ्न थालेका छन् । उनै सुुदिनले बिहान साढे ५ बजे पूजा गरेपछि खोटाङस्थित प्रसिद्ध हलेसी मन्दिरको पूजाआजाका लागि भक्तजनलाई बाटो खुुल्छ ।
सुुदिन हलेसीमा नयाँ पुुजारी होइनन् । झन्डै तीन वर्षदेखि उनी बिहान पूजा र साँझ आरती गर्न मन्दिर पुुग्छन् । यहाँ बालपुुजारी हुुने चलन छ । पाँचदेखि १५ वर्षको गिरी थरको बालक पुुजारी हुुने परम्परा छ । उनलाई आवश्यक सहयोग गर्न ब्राह्मण, भेटी र फूलपाती संकलक, हेरालुु र अन्य सहयोगी हुुन्छन् । हलेसी तुुवाचुुन नगरपालिकाले मन्दिर बाहिर पोसाकमा एक र भित्र बिनापोसाक एक प्रहरी खटाएको छ । भाइबहिनीहरू हो, तिमीहरू पहिल्यै हलेसी पुुगेको भए मन्दिरभित्र तस्बिर खिच्न पायौं होला तर एक महिनादेखि यहाँ पनि पशुुपतिनाथ मन्दिरमा जस्तै तस्बिर खिच्न निषेध गरिएको छ ।
बालपुुजारी सुुदिन अहिले पूजाआजा गरेबापत महिनाको १० हजार रुपैयाँ पनि कमाउँछन् । तिमीहरूलाई आश्चार्य लाग्ला, यति सानै उमेरमा यत्तिको कमाइ ? हो उनले सुुरुमा मन्दिर व्यवस्थापन समितिबाट महिनाको तीन हजार पाउँथे । उनी कामका लागि साँझ ९ बजे सुुतिसक्छन् भने बिहान ५ नबज्दै उठ्छन् । ‘सुुत्न त मन लाग्छ नि तर कहिल्यै पाइँदैन’, उनले अन्नपूर्णसँग भने, ‘शनिबार होस् कि जुुनसुुकै बिदा, म त कहिले पनि बिदा पाउँदिनँ ।’ पूजा र आरतीमा उनले छुुट्टै पोसाक लगाउनुुपर्छ ।
मन्दिरमा उनी शंख, घण्ट, डमरु बजाउँछन् र चमर हल्लाउँछन् । यस्तै अन्य काम गर्छन् । उनलाई जेठी दिदी सुुनिदीले शंख फुुक्न सिकाएकी हुुन् । उनकी माइली दिदी स्वस्तिका भन्छिन्, ‘दिदीले भाइलाई शंख फुुक्न र अक्षर लेख्न सिकाउनुुभयो । तर अहिले दिदीभन्दा राम्रो शंख फुुक्न र अक्षर लेख्ने भएको छ भाइ ।’ मन्दिरभित्र शिवलिंग घेरिएको छ यहाँ उनी र ब्राह्मणबाहेक कोही पस्न पाउँदैन । सुुदिनकी आमा नम्रताले भनिन्, ‘बीचमा दुुईजना बालपुुजारी भए, सुुदिनकै काकाको छोरो सुुशील गिरीले एक वर्ष आलोपालो गरी पूजा गरे । अहिले ऊ पढ्न धरान गएको छ ।’
सुुरुमा उनी पढ्ने स्कुुलमा सुुदिन मन्दिरको पुुजारी भन्ने थाहै भएन । क्रमशः साथीले थाहा पाउँदै गए, सुुरुमा त छक्क पनि परे । साँझबिहान सुुदिनलाई मन्दिर ल्याउने लैजाने स्वस्तिका भन्छिन्, ‘मन्दिर जाँदा आउँदा छेउछाउकाले पुुजारी बाजे, पण्डित बाजे भनेर जिस्क्याउनुु भयो, भाइचाहिँ म पण्डित होइन, पुुजारी पनि होइन, मलाई बालपुुजारी भन्नुु है भन्थ्यो ।’ सुुदिनलाई पोखरा र काठमाडौं घुुम्न मन लाग्छ तर अहिले उनलाई कामले हिँड्न दिएको छैन । ठूलो भएपछि के बन्ने ? उनी भन्छन्, ‘पुुलिस भयो भने गोली हान्नुुपर्छ, ड्राइभर भयो भने गाडी दुुर्घटना हुुन्छ, पाइलट बनुुँ भने प्लेन क्र्यास हुुन्छ त्यसैले म अथर र आर्टिस्ट बन्ने ।’
सुुदिनलाई पृथ्वीनारायण शाह, मदर टेरेसा, महात्मा गान्धी, भीमसेन थापा, अमरसिंह थापा, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल मनपर्छन् । ‘म आर्टिस्ट भएर उहाँहरूकै चित्र बनाउँछुु’, उनी थप्छन्, ‘अनि धेरै पढेर किताब पनि लेख्छुु ।’ सुुरुदेखि उनले कमाएको रकम बुुबाआमाले बैंकमा राखी दिनुुभएको छन् । नम्रता भन्छिन्, ‘पछि क्याम्पस पढ्दामात्रै त्यो रकम खर्च गर्नेछौं ।’००