नानीबाबुसँग श्रवण मुकारुङका मनका कुरा
म स्कुुल जान सुुरु नगर्दैदेखि हाम्रो घरको पारिवारिक झगडा उत्कर्षमा पुुगेको थियो।हामी परिवारका सदस्य कहिले छुुट्टिएर बस्थ्यौं त कहिले एक भएर।यसले गर्दा मैले एउटै स्कुुलमा नियमित पढ्न पाइनँ ।
स्कुुल फेरिएपछि साथीहरू मात्र होइन गुुरुहरू पनि नयाँ हँुदा रहेछन्।पढाउने शैली फरक पर्दो रहेछ।पूरै वातावरण नै नयाँ हुुँदो रहेछ।पढाइमा निरन्तरता नहुुँदो रहेछ।सधैं असजिलो हुुँदो रहेछ।यस्तो समस्या मैले निरन्तर खेपिरहेँ ।
विस्तारै मैले नयाँ ठाउँमा जान पाउनुलाई नयाँ कुुरा सिक्ने अवसरका रूपमा लिन थालेँ।एउटा किताब पढिसकेपछि अर्को किताब पढ्ने मौकाका रूपमा लिन थालेँ।यस्तो मौका जो कसैले कहाँ पाउँछ र भनेर पिर, चिन्ता लिन छाडेँ ।
हाम्रो परिवार अत्यन्तै ठूूलो भएकाले हल्लाखल्ला धेरै हुुन्थ्यो।विद्यार्थीले पढ्नलाई शान्त ठाउँ नै भेट्दैनथे।म सुुरुसुरुमा बाहिर गएर पनि पढ्थेँ।विस्तारै बानी पर्दै गयो।दिमागलाई एकत्रित ग¥यो भने हल्लाकै बीचमा पनि पढ्न सकिँदो रहेछ।आजकल कतिपय भाइबहिनी रेडियो, टीभी खोलेरै, मोबाइलमा गीत बजाएरै पनि पढिरहेका हुुन्छन् ।
हामी साथीसाथी मिलेर खेल्न जान्थ्यौं।हाम्रो आपसमा जिस्किने, चल्ने बानी थियो।कहिलेकाहीँ होस नपुु¥याई चल्थ्यौं।चोटपटक पनि लाग्थ्यो।एकपटक हामी तीनचारजना भएर पौडी खेल्न गयौं।एकजना साथी झ्वाम्म पानीमा हामफाल्यो।ऊ कसै गर्दा पनि निस्किन सकेन।तत्कालै मलाई के बुुद्धि आयो कुन्नि नजिकै रहेको बाँस पानीमा छिराइदिएँ।साथी त्यही बाँसको सहायताले निस्कियो ।
साथीभाइसँग आपसमा चल्ने, जिस्किने बानीले रमाइलो त हुुन्छ नै तर कहिलेकाहीँ नजानेरै दुुर्घटना निम्तिन सक्छ भन्ने शिक्षा पाएँ।त्यसपछि चल्ने जिस्किने काम गरिनँ ।
एकताका हाम्रो परिवार उदयपुुरको बसाहा सिरुवानीमा बसाइँ सरेको थियो।त्यहाँ झोडा फाँडेर आवाद गर्ने चलन थियो।हाम्री आमा अत्यन्तै साहसी हुनुहुन्थ्यो।उहाँ बुुवाका दौरासुुरुवाल लगाएर खेतबारी जोत्नुुहुुन्थ्यो।हामी त्यहाँ मकै, कोदो, जुुनेलो खुुब फलाउँथ्यौं।पछि हामीलाई सरकारले हात्ती लगाएर त्यहाँबाट लखेट्यो ।
बुुवा खासै घरमा बस्नुुहुुन्नथ्यो।काम पनि गर्नुुहुुन्नथ्यो।उहाँलाई घरव्यवहारको खासै चिन्ता पनि थिएन।एक दिन बेलुुका घरमा आमा मात्रै हुुनुुहुुन्थ्यो।बत्ती एकनासले बलिरहेको थियो।मैले स्याउलाको बारको पात टिपेर सल्काएँ।उज्यालो बढेर गयो।अर्को, अर्को सल्काउँदा सल्काउँदै बार नै बल्न थाल्यो।आगो नियन्त्रणबाहिर गयो।हाम्रो घर जलेर पूरै खत्तम भयो।टाँडमा छोपेका कुुखुुरा बल्दै गरेका पखेटासँगै जंगलतिर उडेको झलझली याद आइरहन्छ।यो घटनाले हामी घरविहीन भयौं।हाम्रो दुःख बढ्दै गयो।अर्कोतिर मैले पनि जीवनमा ठूूलो शिक्षा पाएँ ।
म अंग्रेजी, विज्ञान र गणित विषयमा कमजोर थिएँ।तर, मैले मेहनत गर्न छाडिनँ।पढ्ने र लेख्ने कामलाई निरन्तरता दिएँ।पढेको कुुरा लेख्ने गर्नाले धेरै फाइदा हुुँदो रहेछ।हेमराज राई सरले विज्ञान र गणित पढाउनुुहुुन्थ्यो।उहाँ पछि राजनीतिमा लागेर मन्त्री पनि बन्नुुभयो।उहाँ ज्यादै अनुुशासित हुुनुुहुुन्थ्यो।कहिल्यै कसैलाई पिट्नुु भएन तर सबैजना डराउँथ्यौं।उहाँ व्यावहारिक हिसाबले पढाउनुुहुुन्थ्यो ।
इतिहास र भूगोल अध्यापन गराउने बलबहादुर सरको शैली रमाइलो थियो।उहाँ काठमाडौंका दरबार, मठमन्दिरका बारेमा पढाउँदा विद्यार्थीलाई आफैं घुुमेको जस्तो बनाउनुुहुन्थ्यो।हवाईजहाज उडेको, ओर्लिएको बयान बडो रोचक शैलीमा गर्नुुहुुन्थ्यो।पछि म एसएलसी दिएर काठमाडौं आएको दुई वर्षपछि उहाँ काठमाडौं आउनुुभयो र मलाई सहर डुलाउन भन्नुुभयो।वास्तविकता के रहेछ भने त्यो उहाँको पहिलो काठमाडौं भ्रमण रहेछ ।
नेपाली पढाउने टीकाप्रसाद गुरुका प्रेरणाले म साहित्यमा लागेँ।उहाले नै मेरो नाम शरणबाट श्रवण बनाइदिनुुभयो।उहाँले छन्दमा कविता लेख्न सिकाउनुुभयो।म त्यति बेलै प्रतियोगितामा सहभागी हुने र पुरस्कृत हुने भइसकेको थिएँ।हाम्रो स्कुलमा दार्जिलिङका शिक्षकहरू पनि थिए।उनीहरू साथमा गिटार, हार्मोनियम पनि लिएर आएका थिए।यसले पनि हामीलाई कला र साहित्यमा लाग्न सजिलो बनायो ।
२०३५ सालमा पाकिस्तानमा जुुल्फिकर अलि भुुट्टोलाई फाँसी दिइएपछि त्यसको प्रभाव नेपालका सहरमा मात्र होइन, गाउँसम्म पनि पुुग्यो।यसले हामीमा प्रतिरोधी चेतना रोपिदियो।न्याय र समानताका लागि लड्नुपर्छ भन्ने ज्ञान आयो।यसले स्कुुलको वातावरण नै प्रभावित भयो ।
हाम्रो भोजपुुर जिल्ला राणाकालदेखि नै परिवर्तनको पक्षमा थियो।यहाँ योगमायाजस्ता क्रान्तिकारी महिला, षडानन्दजस्ता गुुरुजी थिए।नारदमुुनि थुुलुुङ, रामप्रसाद राई आदिको प्रभाव ममा प¥यो।मेरो जीवनका आधार नै यिनै हुुन् भन्दा पनि फरक पर्दैन ।
भाइबहिनीहरू कुन विषय पढ्ने भन्दै विषय तानातान गरिरहेको, मोलतोल गरिरहेको देख्छुु।मेरो विचारमा विषय सानो ठूलो हुुँदैन।अभिभावकका आँखामा समेत साइन्स सबैभन्दा ठूूलो विषय भन्ने भ्रम रहेको छ।आफूले पढेको विषयमा आफ्नो पकड कस्तो छ भन्ने कुुरा महŒवपूर्ण हुुन्छ।राम्रा विषयका रूपमा चर्चा गरिने डाक्टर, इन्जिनियरहरू पनि बजारमा काम नपाएर हिँडिरहेका भेटिन्छन् ।
कतिपय भाइबहिनीको अभिभावकसँग विचार, सोचाइ मिल्दैन।कहिलेकाहीँ मतभेदसमेत उत्पन्न भएको पाइन्छ।एकातिर अभिभावकलाई समय कति अघि बढिसकेको छ भन्ने जानकारी हुँदैन भने अर्कातिर नानीबाबुलाई पुुराना कुराको महŒवसमेत थाहा हुँदैन।भाइबहिनीले आफूले सिके जानेका कुरा अभिभावकलाई नडराई, प्रस्टसँग भन्ने बानी बसाल्नुपर्छ।अभिभावक हाम्रा पथप्रदर्शक हुन् ।
साहित्यकार कवि बन्नलाई विशेष सुुविधामा हुर्किनुु, छुट्टै शिक्षादीक्षाको आवश्यकता पर्दैन।सामान्य परिवारमा जन्मिएको व्यक्तिले पनि कला, साहित्यमा नाम कमाउन सकेका उदाहरण प्रशस्तै छन्।यो सबै कुरा मेहनत, निरन्तर अभ्यास र समर्पणमा भर पर्दो रहेछ।हालसम्म प्रकाशित मेरा आठवटा कृति पनि निरन्तरको अभ्यासले नै लेखिएका हुन् ।
तपाईं कविता लेख्न चाहनुुहुन्छ भने भाषामा पकड हुुनुुपर्छ।शब्दभण्डार बढाउनुपर्छ।पढ्ने बानीको विकास गर्नुुपर्छ।कविता लेख्न सूत्र घोक्नुु पर्दैन।निरन्तर मेहनत र अभ्यास चाहिन्छ।पढ्ने बानी विकास गर्नुुपर्छ।लेखेको कुरा अरूलाई सुुनाउने बानीले लेख्न प्रेरणा मिल्छ ।
(नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मुकारुङसँग समीरबाबु कट्टेलले गरेकाे कुराकानीमा अाधारित ।)