विद्यार्थी टिकाउन दोस्रो चरणको भर्ना अभियान

विद्यार्थी टिकाउन दोस्रो चरणको भर्ना अभियान

काठमाडौं : विद्यालय जाने उमेरका तर औपचारिक शिक्षा लिन नसकेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन शिक्षा मन्त्रालयले दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्ने भएको छ । शिक्षा मन्त्रालयले वैशाख २ देखि १५ गतेसम्म पहिलो चरणको भर्ना अभियान सुरु गरेको थियो ।

प्रधानमन्त्री केपी ओलीले मुगु जिल्लाको रारा तालमा पुगेर भर्ना अभियान सुरु गरेका थिए । अभियानअन्तर्गत विद्यालय बाहिर रहेका मुुलुकभरका कक्षा १ देखि ५ सम्मका (५-९ वर्ष उमेर समूहका) ८८ हजार २ सय ७ बालबालिकामध्ये ७६ हजार ६ सय ५७ जना भर्ना भएका थिए । त्यस्तै कक्षा १ देखि ८ सम्मका (५-१२ वर्ष उमेर समूहका) ३ लाख १३ हजार २ सय ८९ बालबालिकामध्ये २ लाख ५३ हजार ५ सय ५६ बालबालिका विद्यालयमा भर्ना भएको शिक्षा मन्त्रालयको तथ्यांक छ ।

पहिलो चरणमा अभियानमा समेटिन नसकेका र भर्ना भएका विद्यार्थीलाई टिकाइ राख्न दोस्रो चरणको अभियान सञ्चालन गर्न लागिएको हो । पहिलो चरणअन्तर्गत आर्थिक समस्याका कारण विद्यालय जान नपाएका बालबालिकाको अभिभावकत्य ग्रहण गर्न सरकारले सरोकारवालालाई अनुरोध गरेको थियो । यो अभियानमा प्रधानमन्त्री, शिक्षामन्त्री तथा अन्य सरकारी अधिकारीले समेत विद्यालय जान नपाएका बालबालिकालाई एक वर्षसम्म लाग्ने स्टेशनरी खर्च, पोशाकलगायतका सामग्री खरिद गरी अभिभावकत्व ग्रहण गरेका थिए ।

दोस्रो चरणको अभियानअन्तर्गत विद्यालय बाहिर रहेकालाई भित्र्याउन स्थानीय तहलाई निर्देशन दिने, हरेक प्रदेशका सामाजिक विकास मन्त्रीलाई स्वेच्छिक अभिभावकत्व ग्रहण कार्यक्रम विस्तार गर्न अनुरोध गर्नेलगायतका गतिविधि सञ्चालन गरिने शिक्षा मन्त्रालयका सहसचिव डा.हरिप्रसाद लम्सालले बताए ।

भर्ना भएका विद्यार्थीलाई टिकाउने विषयमा स्पष्ट कार्ययोजना बनाउन विद्यालयलाई निर्देशन दिने र त्यसका लागि स्थानीय तथा केन्द्र सरकारले आवश्यक सहयोग गर्नेलगायतका विषय समेटिएको छ ।

दोस्रो चरणको अभियान सञ्चालन गर्ने प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत साता मन्त्रिपरिषद्मा लगेको थियो । मन्त्रिपरिषद्को आइतबारको बैठकले यसलाई स्वीकृति गरेको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले संसद्मा पेश बजेटमा सम्पूर्ण बालबालिकालाई विद्यालय, ल्याऔं, टिकाऔं र सिकाऔं भन्ने अभियान सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

शिक्षा मन्त्रालयले २०६१ सालदेखि भर्ना अभियान सञ्चालन गरेको हो । यो वर्ष प्राथमिक तहको खुद भर्ना दर ८० प्रशित थियो । तेह्र वर्ष यतादेखिको भर्ना अभियानबाट थप १७ प्रतिशत बालबालिका विद्यालय प्रवेश गरेका छन् । तर तीमध्ये कति प्रतिशत विद्यालयमा टिकिरहेका छन् भन्ने यकिन तथ्यांक छैन । सरकारी तथ्यांक अनुसार अहिले कक्षा एकमा भर्ना भएका कुल विद्यार्थीमध्ये १३ प्रतिशत विद्यार्थी बीचैमा पढाइ छाड्ने गरेका छन् ।

तथ्याङ्कमा भर्ना 

- २०६१ देखि भर्ना अभियान सुरु

- यो वर्ष प्राथमिक तहको खुद भर्ना दर ८० प्रशित

- भर्ना अभियानबाट थप १७ प्रतिशत बालबालिका विद्यालय प्रवेश

- प्राथमिक तहमा भर्ना योग्य विद्यार्थी ८८२०७

- भर्ना भएका विद्यार्थी ७६६५७

- भर्ना भएकामध्ये १३ प्रतिशतले बीचैमा पढाइ छाड्ने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.