बाबुरामको पार्टी बिघटनको संघारमा

 बाबुरामको पार्टी बिघटनको संघारमा

काठमाडौ : बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल बिघटनको संघारमा पुगेको छ । सो पार्टीका बरिष्ठ नेता देवेन्द्र पौडेलसहितले बिहिबार काठमाडौमा पत्रकार सम्मेलन गरी असन्तुष्टी सार्वजनिक गरेर पार्टी बिघटनको संघारमा पुगेको घोषणा गरेका हुन ।


‘काम गर्ने र नगर्ने छयासमिस एउटै स्तरमा राखियो । राजनीतिक कार्यकर्ताहरुलाई उत्पीडन गर्नेसम्म गरियो । कतिपय पदीय महत्वकाँक्षी बढेर गयो । मुलत नेतृत्वबाट यसलाई रोक्नुको सट्टा प्रोत्साहन गरियो र पार्टी उल्टो दिशाबाट हिडन थालेपछि तल जोश जाँगर रहेन र बिघटनको स्थितिमा पुग्यो’ पौडेल नेतृत्वको समूहले भनेको छ ‘नयाँ शक्ति पार्टीमा पटक पटक कुरा उठाउँदा पनि यसको सुनुवाई भएन । हुनु पर्ने के थियो भने संगठन विस्तार र चुस्त राख्नका लागि निर्णयलाई दृढतापूर्वक लागू गर्ने निर्णयको स्वामित्व लिने र दृढतापूर्वक लागू गर्नु पर्ने थियो । त्यसो भएन ।’
‘काम नहुँदा निर्देशन दिने र निरिक्षण गर्ने सम्मका काम भएन । सतही रिपोर्टमा भर पर्ने र कसैले कुरा उठायो भने उसैलाई किनारा लगाउने प्रबृत्तिको विकास भयो । गतिशिल पार्टी बनाउने भनेकोत जनसम्बन्ध विकास गर्ने,घर घरमा समर्थक,टोल टोलमा पार्टी कमिटी निर्माण गर्ने,आवश्यकता र क्षमताको आधारमा काम बिभाजन गरेर अगाडि बढनुको सट्टा व्यक्ति हेरेर जिम्मा दिने,नयाँ र पूरानाको बहाना बनाएर कार्यविभाजन गर्ने यो नै संगठनमा देखा परेको संकिर्णता हो’ उनीहरुले भनेका छन्‘नयाँ शक्ति बन्ने बित्तिकै महत्वकाँक्षीहरुको गुटहरु बन्दै गए । इमान्दार रुपमा खटेकाहरुलाई अपमानित गरियो । एक पछि अर्को गल्ती हुँदै गएर राजनीतिक कार्यकर्ता र गैरराजनीतिक कार्यकर्ता वीच बहस शुरु भयो ।’

पौडेलसहित १५ जना नेताहरुले पत्रकार सम्मेलन गरी १० बुँदे अपिल जारी गरेका छन् ।
‘हामीले बामलोकतान्त्रिक पार्टी निर्माण भएको कार्यदिशा अगाडि सारयौ । यो सारसंग्रहवाद या सम्झौतावादको राजनीति हो । फेरी सम्मुन्नत समाजवाद गन्तव्य भन्यौ । यो झन अन्तरबिरोधी नै भयो’ अपिलमा भनिएको छ‘ हामी जाती,वर्ग,क्षेत्र,लिंगका पक्षधरता,वर्ग बिभाजन समाजमा कुन वर्गको प्रतिनिधित्व गर्ने हो र कुन वर्गको राजनीति गर्ने हो भन्ने बारे स्पष्ट हुन आवश्यक छ । हामी माक्र्सवाद गतिशील बिज्ञान हो । यसलाई जडको रुपमा नबुझि हाम्रो देशको परिस्थिति अनुसार विकास गरेर अगाडि बढने पक्षमा छौ । हाम्रो प्रस्तावमा बामलोकतान्त्रिक छ,अझ त्यसको परिभाषा गर्दा त्यो बाम पनि होइन,लोकतन्त्र पनि होइन,यो त फ्रन्टिष्ट हो भनेर व्याख्या गर्दा त्यो सुनेर गम्भिर बनाएको छ । र उखान छ,कहि नभएको जात्रा हाँडी गाउँमा भने जस्तो मात्र होइन,सयौ बर्षदेखि दार्शनिक रुपले प्रमाणित गरेको सार्वभौम दर्शनप्रति व्यङग्य भएको छ ।’

पटक पटक छलफल गर्दा पनि आफूहरुका कुराहरुको सुनुवाई नभएको उल्लेख गर्दै अपिलमा भनिएको छ ‘हामी उत्पीडित र श्रमिक वर्गको स्वामित्व रहने गरी स्थापना हुने समाजवादको पक्षमा छौ । यसका लागि राजनीतिक कार्यदिशा स्पष्ट हुनु पर्दछ ।’  

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.