आर्थिक समृद्विमा सघाउँछौं

आर्थिक समृद्विमा सघाउँछौं

मेगा बैंकलाई नेपालीको बैंक बनाउने लक्ष्यसहित अघि बढेकी अनुुपमा खुुञ्जेलीले २७ वर्षअघि ग्रिनल्यान्ड बैंकबाट बैंकिङ करिअर सुुरु गरेकी हुुन्। टेलरबाट सन् १९९१ मा बैंकिङ क्षेत्रमा प्रवेश गरेकी उनी नबिल हुुँदै मेगा प्रवेश गरेकी हुुन्। बैंकमा काम गर्न थालेपछि पढ्न बिर्सिएको बताउने उनले स्नातकोत्तरसम्म अध्ययन गरेकी छन्। ग्रिनल्यान्डमा हुुँदा म्यानेजर र नविलमा निमित्त महाप्रबन्धकको भूमिका सम्हालिसकेकी उनले आफूलाई बैंकिङ क्षेत्रमै अब्बल बनाउँदै लगिन्। उनै मेगा बैंककी प्रमुुख कार्यकारी अधिकृत खुुञ्जेलीसँग अन्नपूर्णकर्मी मेनुुका कार्कीले गरेको कुुराकानी ।

 हाल मेगा बैंकको वास्तविक अवस्था कस्तो छ ?

मेगा बैंकको अवस्था राम्रो छ। यो वित्तीय क्षेत्रमा छुुट्टै विशेषता बाकेको बैंकको हो। यसको वित्तीय बजारमा छुुट्टै पहिचान छ। यो बैंकको संरचना नै फरक छ। अब मेगा सानो बैंक रहेन। साढे १० अर्ब पुुँजी भएको ठूलो बैंकको रूपमा मेगा स्थापित भइसकेको छ। हाल मेगा बैंकमा तीन हजार जति संस्थापक सेयरधनी छन्।

सुुरु हुुँदा नै १२ सय १९ जना प्रमोटर भएको ६३ जिल्लामा फैलिएको बैंक हो मेगा। मध्यमवर्गीय परिवारका विभिन्न क्षेत्रका व्यक्तित्वको १०÷१० रुपैयाँबाट बैंक स्थापना भएको हो। दुुई लाख १० हजार जति सर्वसाधारण सेयर सदस्य छौं।

म बैंकको प्रमुुख कार्यकारी अधिकृत भएपछि टुुरिजम डेभलपमेन्ट बैंकसँग मर्ज भएर संयुुक्त वित्तीय कारोबार पनि सञ्चालनमा आइसकेको छ। मर्जरपछि बैंकको चुुक्ता पुुँजी नौ अर्ब २९ करोड पुुगेको छ। जुुन वाणिज्य बैंकहरूमध्ये दोस्रो ठूलो चुुक्ता पुुँजी भएको बैंक हो।

बैंकले १०.७५ प्रतिशत बोनस सेयर वितरण गर्दैछ, यसपछि बैंकको चुुक्ता पुुँजी वृद्धि भई १० अर्ब २८ करोड पुुग्नेछ। हाल बैंकको निक्षेप कर्जा अनुुपात ७७.२ प्रतिशत छ। बैंकका हाल ९८ वटा शाखा कार्यालय छन् भने यसै आर्थिक वर्षभित्र तीनवटा शाखा सञ्चालन आउँदै छ। बैंकका आठवटा एक्स्टेन्सन काउन्टर, ७४ वटा एटीएम, ९१ वटा शाखारहित बैंकिङ कार्यालयका साथै करिब दुुई लाख रेमिटेन्स एजेन्टको सञ्जाल छ। टुुरिजम र पश्चिमाञ्चल डेभलपमेन्ट गाभिएपछि एक हजार कर्मचारी पुुगेका छन्।

बैंकको निक्षेप तथा कर्जाका अवस्था कस्तो छ ? क्रेडिट क्रन्चको बेला यसलाई कसरी मिलाएर ल्याउनुुभयो ?

हाल बैंकले ६० अर्ब निक्षेप संकलन गरेको छ भने ५६ अर्ब कर्जा प्रवाह गरेको छ। क्रेडिट क्रन्चका बेला लगानीयोग्य पुुँजी टाइट भए पनि हामीले त्यसलाई व्यवस्थापन ग¥यौं। बैंकको हलोदेखि हाइड्रोसम्म लगानी गर्ने लक्ष्य बोकेर हिडेको बैंकले एसएमईदेखि ठूला पूर्वाधार निर्माणका क्षेत्रमा समेत उत्तिकै महŒवका साथ लगानी प्रवाह गरेको छ। माइक्रोदेखि कर्पोरेट र ठूला पूवार्धारदेखि एसएमईसम्म बैंकको लगानी छ।


बैंकले आगामी पाँच वर्षको कार्ययोजना तयार पारिसकेको छ। बैंकले गर्नुुपर्ने अभिवृद्धि र सेयरहोल्डलरलाई दिने डिभिडेन्टबारे हामी संवेदनशील र स्पष्ट छौं। प्रत्येक वर्ष बैंकले अझ सशक्त ढंगबाट प्रस्तुुत गर्नेछ।
 

बैंकिङ क्षेत्रमा दुुई वर्षसम्म लगातार लगानीयोग्य पुुँजीको अभाव देखियो। लोनेबल फन्ड अभाव छ। यसका प्यारामिटरहरू हेर्नुुपर्छ। आगामी वर्षमा त्यस्तो अवस्था नदोहोरियोस् भन्ने हो। अहिले बैंकहरूको अभिवृद्धि गर्ने बेला हो। यस्तो बेलामा लगानीयोग्य पुुँजी अभाव भयोे भने बैंकहरूले अभिवृद्धि गर्न सक्दैनन्। यसले बजारलाई नकारात्मक असर पर्छ।

यस्तो अवस्था सिर्जना हुुन नदिने उपायहरू ?

लगानीयोग्य पुुँजी व्यवस्थापनका लागि विदेशी फन्ड आकर्षण गर्ने हो। अब राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पूर्वाधार परियोजनामा भित्रिने विदेशी लगानीलाई छुुट्टै कोषमा जम्मा गरेर हेजिङ सुुविधा दिने भएको छ। यसलाई कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले भनेको छ। राष्ट्र बैंक बैकर्सहरूको फादर अर्गनाइजेसन हो। बैंकिङ क्षेत्रलाई राम्रो गर्नका लागि नै राष्ट्र बैंकले नीति नियम तथा निर्देशिका ल्याएको हुुन्छ।

उत्पादनमूलक क्षेत्रमा पहिला पनि राष्ट्र बैंक सकारात्मक भएकै हो। बजेट खर्च गर्न अब चार महिना कुुर्नुु पर्र्दैन। यसले पनि केही सहज गर्नेछ। अब सरकारी खर्र्च संरचना परिवर्तन भएको छ। समयमै कार्यान्वयन भए यो समस्या समाधान हुुँदै जान्छ।

मेगा बैंकको आफ्नो भिजन के हो ?

बैकिङ साक्षरता देशव्यापी रूपमा फैलाउने लक्ष्यका साथ मेगा बैंक अघि बढेको छ। देशको अर्थतन्त्रभित्र पसेर सरकारद्वारा लक्षित आर्थिक वृद्धि र समृद्धिलाई सघाउन हामीले यो नारा राखेका हौं। लगानी पनि त्यसरी नै गरेका छौं।

बैंकसम्म नआएकालाई बंैकिङ पहुुँचमा ल्याउन हामीले एक सय १९ वटा शाखारहित बैंक सञ्चालनमा ल्याएका छौं। ब्रान्च खोल्न महँगो पर्ने भएकाले सबै जनतासामू हाम्रो उपस्थिति देखाउन बैंकिङ पहुुँच बढाउन हामीले यसलाई अघि सारेका हौं। आगामी आवका ८÷१० वटा शाखा थप्ने तयरीमा छौं।

विकेन्द्रित सरकार छ। विकासका लागि खर्चहरू छुुट्टिएका छन्। अब बिजनेसका लागि काठमाडौंमा मात्रै खुुम्चिएर बस्नुु पर्ने अवस्था छैन। बिजनेस र शाखा त्यही अनुुसार विस्तार गर्ने योजना हामीले मिलाएका छौं। प्रत्येक प्रदेशमा मेगाका क्लस्टरहरू स्थापना भएका छन्। बैंकले लगानी गर्ने ठाउँ धेरै छ।

आम सेयरधनीलाई के सन्देश दिन चाहानुुहुुन्छ ?

हामीले हाम्रा सेयरधनीलाई दोहोरो अंकमा बोनस दिइरहेका छौं। आगामी दिनमा पनि यसलाई निरन्तरता दिने लक्ष्यका साथ हाम्रा योजना बनेका छन्। देशको आर्थिक वृद्धिमा सघाउने हिसाबले मेगा बैंकले रणनीति बनाएको छ। निक्षेपकर्तालाई रिटन आउनुु पर्छ भन्ने हो। प्रदेशका राम्रा र सबल पक्षमा जोड दिनेछौं। आगामी दिनमा हाम्रा सेयरहोल्डरलाई बढीभन्दा बढी रिटन दिने बैंकको योजना छ। टिमको मेहनतबाट बैंक यो स्तरमा पुुगेको हो। सीईओ व्यवस्थापक र सेयरहोल्डरले यसमा सहयोग गर्नुुपर्छ।

आठ अर्बका २८ वटा बैंक बनिसके यसले बैंकको बिजनेसलाई असर पार्छ कि ?

हो, आठ अर्ब पुुँजी भएका २८ वटा बैंक बनेका छन्। भर्खरैमात्र देश संघीयतामा गएको छ। पूर्वाधार निर्माणदेखि उद्योग, कलकारखाना स्थापना हुुने क्रम बढ्दो छ। खुुम्चिएर बस्नुु पर्ने अवस्था छैन। स्थानीय तहमा जान सबैभन्दा ठूलो शर्त कनेक्टिभिटी हो। यसको पहुुँच बढाउनुु पर्छ। यसो भएमा सहजै जान सकिन्छ। यसले बैंकको बिजनेस बढाउँछ।

बैंकका आगामी एजेन्डा के के छन् ?

बैंकले आगामी पाँच वर्षको कार्ययोजना तयार पारिसकेको छ। बैंकले गर्नुुपर्ने अभिवृद्धि र सेयरहोल्डलरलाई दिने डिभिडेन्टबारे हामी संवेदनशील र स्पष्ट छौं। प्रत्येक वर्ष बैंकले अझ सशक्त ढंगबाट प्रस्तुुत गर्नेछ।

हामी डिजिटाइजेसनलाई अंगालेर जान लागेका छौं। डिजिटाइजेसनमा गएपछि अझ बजार विस्तार गर्ने हाम्रो सोच छ। आम ग्राहकको विश्वास जित्दै मेगा बैंक अघि बढ्नेछ। हाम्रा पूर्वाधारहरू प्रायः तय भइसकेका छन्। आईटी सेक्टर पनि अन्तर्राष्ट्रियस्तरको बनिसकेको छ। क्यूआर सिस्टममा जाने हाम्रो सोच छ। अहिले महिलालाई अवसर दिइएको छ। यसलाई सफल बनाउनुु मेरो जिम्मेवारी हो।

पाँच वर्षे रणनीतिमा बैंकका अन्य प्राथमिकताहरू के के छन् ?

हामीसँगै आएका समकालीन बैंकमा हामी नम्बर १ मा नै छौं। मेगा बैंकले विगत वर्षमा दिएको डिभिडेन्ट निकै राम्रो छ। यो स्तरबाट बैंकलाई माथि लैजान हाम्रो प्रयत्न रहनेछ। अहिले मिटक्याप बैंकहरू आएका छन्। यससँग प्रतिस्पर्धा गर्दै हामी अगाडि बढ्छौ। पोलिसी, शाखा र पोर्टफोलियोले गर्दा पनि मिटक्याप बैंकहरूसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्न सक्ने अवस्थामा हामी पुुगेका छौं। आगामी दिनमा समकालीन नयाँ बैंकभन्दा पनि एउटा स्थापित बैंकको रूपमा मेगालाई चिनाउन चाहन्छौं।

आगामी पाँच वर्षमा अहिलेको लगानीलाई दोब्बर गर्नुुका साथै बैंकलाई तीन अर्बभन्दा बढी नाफामा लैजाने हाम्रो योजना छ। शाखा र बिजनेस दुुबै विस्तार गर्छौं। तर, डिजिटाइजेसनलाई कस्तो रुप लिन्छ हेरेर। अहिले बैंकलाई डिजिटाइजेसनमा लैजाने कि ब्रान्च विस्तारमा जाने अर्थात नयाँ प्रोडक्ट भिœयाउने विषयमा छलफल भइरहेको छ। आगामी ५ वर्षमा एक हजार कर्मचारीलाई बढाएर १५ सय पुु¥याउँछौं।

मेगा बैंकले ग्राहकलाई आकर्षण सेवा सुुविधा त दिएकै छ अब बैंकलाई बैंकिङ क्षेत्रमा लागेका वा बैंकमा आफ्नो करियर बनाउन चाहनेका लागि पनि उत्तिकै आकर्षक संस्था बनाउनेमा बैंक लागिपरेको छ।

मर्जरपछि विकास बैंकका साथीहरू आउनुु भएको छ। विकास बैंक र वाणिज्य बैंकको कल्चरलाई मिलाएर लैजानुुपर्छ। यो संस्कारको अतिराम्रो अभ्यासका साथ हामी अगाडि बढ्छौ।

कर्मचारीका लागि मेगाले लर्निङ सेन्टर खोलिसकेका छौं। वर्षभरिकै विभिन्न कार्यक्रम तय भएका छन्। कर्मचारीमा प्रविधिक ज्ञानका साथै सफ्ट स्किल पनि हुुुुनपर्छ भन्नेमा बैंक छ। कर्मचारीले आम ग्राहकलाई दिने सेवामा सिस्टता ल्याएर कर्पोरेट कल्चर बसाल्ने छौं। यसबाट सफल मेगा टिम बन्छ।

हाम्रो खेती भनेको विश्वास हो। आफ्नो अर्गनाइजेसनलाई आँच नआउने गरी सबैले काम गर्नुुपर्छ। राम्रो गरेर लैजाने सबैको दायित्व हो। सबै जुुटेमा राम्रो बैंक बन्छ।

सेयर आदानप्रदानका विषयमा विवाद थियो, त्यो टुुंगिसक्यो नि होइन ?

टुुरिजम डेभलपमेन्ट बैंक र हामी वैशाख ३० गते मर्ज भएका हौं। स्वाप रेसियो मिलाएर नै एकीकृत कारोबार सुुरु गरेका हौं। दुुई÷दुुई पटक विशेष साधारणसभा गरेर यस विषयको टुुंगो लगाइएको हो। अहिले त्यस्तो विवाद छैन। टुुरिजम बैंक पनि राम्रो बैंक हो। टुुरिजम डेभलपमेन्ट बैंकको एक कित्ता सेयर हुुनेलाई गाभिएपछि मेगाको शून्य दशमलव ९५ कित्ता सेयर प्रदान गर्ने गरी स्वाप रेसियो निर्धारण गरिएको छ। हामीले ठमेललाई टुुरिजम हब विकास गर्न लागेका छौं। ठमेलमा व्यावसायिक कारोबार टुुरिजम बैंकबाट बढी हुुने गरेको छ।

मेगा बैंकले आगामी दिनमा कस्ता क्षेत्रमा लगानी केन्द्रित हुुनेछ ?

देशको आर्थिक विकासको पाटो कता जान्छ त्यसैलाई पछ्याउने हो। हामी प्रदेशमा हेर्छौं। कुुन प्रदेशमा के को सम्भावना छ सोहीअनुुसार हाम्रो बिजनेस तय हुुनेछ। कतै जलविद्युुत् होला कतै पर्यटन, कतै कृषि।

जहाँ जस्तो सम्भावना र आवश्यकता छ सोही अनुुरूप मेगा बैंक अघि बढ्नेछ। सबै क्षेत्रलाई समान दूरीबाट अगाडि बढाएर लैजानुु पर्छ। एउटामात्र गर्छुु भन्दा बीचमा ठूलो खाडल पर्न सक्छ। लगानी सबैमा गर्ने गरी सोही अनुुरूपका युुनिटहरू तय भएका छन्।

अहिले राष्ट्र बैंकको प्राथमिकता प्राप्त क्षेत्रमा लगानीको अवस्था कस्तो छ ?

राष्ट्र बैंकले भने अनुुरूप नै कृषि कर्जाको प्यारामिटर पुु¥याएका छौं। आठ वर्षदेखि माइक्रो बैंकिङलाई फोकस गरेर आएका थियौं। मेगाको नारा पनि हलोदेखि हाइड्रोसम्म भएकाले कृषिमा लगानी बढाउन हामीलाई गाह्रो भएन। हामीले सहजै पुु¥यायौं। आगामी दिनमा पनि यसलाई निरन्तरता दिन्छौं।

पहिलादेखि नै यस क्षेत्रमा कम लगानी गर्ने बैंकलाई मात्रै अप्ठ्यारो परेको हो। गाउँगाउँमा छरिएर वित्तीय साक्षरतामार्फत निक्षेप संकलन र कर्जा प्रवाह गर्न चाहन्छौं। यही भएर नै गाउँगाउँमा एक सय १९ वटा ब्रान्चलेस शाखा खोलेका हौं।

बैंकको खराब कर्जाको अवस्था कस्तो छ ?

बैंकको खराब कर्जा अनुुपात राम्रो छ। हामी एक प्रतिशतभन्दा तल छौं।

हायर पर्चेज, मार्जिन ल्यान्डिङ, अटोलोनका कुुरा धेरै उठिरहन्छन् नि ?

अर्थतन्त्रलाई माथि उकास्ने हो भने कुुनै पनि क्षेत्रलाई छाडेर बिजनेस गर्न हुुँदैन। सबै क्षेत्रलाई सँगसँगै लिएर आगाडि बढ्नुुपर्छ। राज्यका प्राथमिकतालाई फोकस गर्दै अर्थतन्त्रको समष्टिगत क्षेत्रको रूपमा अगाडि बढाउनुु पर्छ। बबल देखिएका क्षेत्रलाई नियन्त्रण गर्दै लैजानुु पर्छ। यसले अर्थतन्त्रमा जोखिम बढाउँछ।

बैंकिङ क्षेत्रका चुुनौतीहरू कस्ता छन् ?

मानव संशाधनलाई व्यवस्थापन गरेर लैजान निकै चुुनौतीपूर्ण छ। मेगामा मैले पहिलो दिनदेखि काम गरेको भएकाले बैंकले मेरो क्षमता बुुझेको छ। मैले पनि अन्य साथीहरूको क्षमता बुुझेको छुु। त्यसैले सहज भएको हो। अन्य कार्य सिस्टममा चल्छन्।

मेगाको आठ वर्षे यात्रामा हुुन नसकेका कार्यहरू के छन् ?

पढेर र गरेर कहिले पनि सकिँदैन। जे गरेका छौं राम्रै गरेका छौं, अझै धेरै काम गर्न बाँकी छ। त्यो गर्न सक्ने अवस्थामा हामी छौं। सर्वसाधारणको मन जित्दै जोखिमलाई न्यूनीकरण गर्दै लैजानुु पर्छ। बैंकिङ क्षेत्रमा अवसर धेरै छ।

बैंकिङ करिअरमा सम्झिनै पर्ने कुुनै क्षण भए बताइदिनोस्।

मेगा अन्य बैंकभन्दा फरक भएर नै म यहाँ आएको हुुँ। उतिबेलै ६३ जिल्लाका विभिन्न क्षेत्रका व्यक्तिको लगानीबाट स्थापना भएको हो। यहाँ राम्रो गर्न सक्यो भने यसबाट हुुने फाइदा देशभित्र नै रहन्छ विदेशमा जाँदैन भनेर देशलाई समृद्ध बनाउने भावनासहित मेगामा प्रवेश गरेको हुुँ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.