काबेलीमा माछा मार्ने क्रममा एकजना वेपत्ता
ताप्लेजुङः काबेली खोलामा माछा मार्ने क्रममा खोलामा खसेर एक युवा वेपत्ता भएका छन् । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–२ का १९ वर्षिय सञ्जिव मेन्याङ्वो वेपत्ता भएका हुन् ।
विहीबार बिहान ९ बजे ३ जना साथीसहित घर नजिकैको खिमुना स्थित काबेली खोलामा माछा मार्न गएका थिए । अहिले घटनास्थलमा प्रहरी निरीक्षक लक्षमण थापा मगरको कमाण्डमा पहरीको टोली खटिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जानकारी दिएको छ ।