सडक विस्तारले सास्ती

सडक विस्तारले सास्ती

जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरलाई पाँच महिनाभित्र धूलोमुक्त बनाउने गरी सडक विस्तारको काम भइरहेको छ। सडक विस्तारका क्रममा भौतिक संरचना भत्काइँदा र खनिँदा उपमहानगरपालिकाका मुख्य क्षेत्र अस्तव्यस्त देखिएका छन्। घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने समस्याले सताइरहेको स्थानीयको भनाइ छ।

साढे नौ किलोमिटर सडक र ३२ किलोमिटरमा अन्डरग्राउन्ड ड्रेनेजको काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ। भानु चोक, शिव चोक, जनक चोक, जानकी मन्दिरको दक्षिण गेट, राम चोक, जनक चोक, विमानस्थल, परिक्रमा सडकसहित चक्रपथका सडकमा एकसाथ काम भइरहेको हो। एकसाथ पूर्वाधार निर्माण कार्य हुँदा नगरको जनजीवन अस्तव्यस्त बनेको जनाइएको छ। भौतिक संरचना भत्काइँदा मुख्य सडकका हरेक चोकमा फोहोर पनि उत्तिकै थुप्रिने गरेको छ। अन्डरग्राउन्ड ड्रेनेज र सडकछेउका घर तोडफोडले सडक अवरुद्ध हुने गरेको छ, जसका कारण फोहोर सडकमै थन्किने गरेको छ।

एकीकृत सहरी विकास आयोजनाले सम्झौताअनुसार समयमा काम नगर्दा जनकपुर यस्तो अवस्थामा पुगेको स्थानीय बताउँछन्। समयमै काम सकेको भए वर्षात्को मौसममा जनकपुर सफा र चिटिक्क देखिन्थ्यो। तर, अहिले ठीक उल्टो भइरहेको स्थानीय यज्ञ श्रेष्ठ बताउँछन्। आयोजनाले समयमा काम नसकेको भन्दै दोस्रो पटक अन्तिम म्यादका रूपमा डिसेम्बरसम्मको समय लिएको उपमहानगरपालिकाले जनाएको छ। आयोजनाले सडकको काम सुरु गरेको झन्डै दुई वर्ष भइसकेको छ।

जनकपुरलाई पाँच महिनाभित्र धूलोमुक्त बनाउने तयारी रहेको उपहानगरपालिका कार्यालयले जनाएको छ। मेयर लालकिशोर साहले सडक निर्माणको काम ७५ प्रतिशत सम्पन्न भइसकेको बताए। ‘अबको पाँच महिनामै जनकपुरलाई सुन्दर सहर बनाउने तयारी छ’, मेयर साहले भने। डिसेम्बर महिनाभित्र सबै निर्माण कार्य सकिने उनको दाबी छ। उनका अनुसार अहिले नगरको मुख्य सडकमा काम चलिरहेको छ। भानु चोकबाट शिव चोक, जनक चोक र जानकी मन्दिरसम्म काम भइरहेको हो। जानकी मन्दिरको दक्षिण गेटबाट महावीर चोकसम्म पनि काम भइरहेको उनको भनाइ छ। ‘यी सडक निर्माणका कारणले नै नगर अहिले अस्तव्यस्त देखिरहेको छ’, उनले भने।

यी सडकमा धेरै काम भइसकेको र ४० प्रतिशत बाँकी रहेको उनले सुनाए। यो निर्माणसँगै सडकपेटी, विद्युत्, दूरसञ्चारसहितका अन्य कार्य पनि त्यही अवधिमा सम्पन्न गर्ने तयारी गरिएको उनले बताए।

आयोजना र उपमहानगरपालिकाको संयोजनमा ९८ करोड बजेटमा निर्माण कार्य भइरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.