निर्माण नभएकै योजनाको भुक्तानी

निर्माण नभएकै योजनाको भुक्तानी

धनगढी : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत निर्माण नै नगरिएको माटो परीक्षण प्रयोगशालाको भुक्तानी गरिएको छ । कैलालीको कैलारी गाउँपालिकामा एक वर्षपहिले निर्माण हुनुपर्ने माटो परीक्षण प्रयोगशालाको झन्डै २१ लाख भुक्तानी गरिएको हो ।

कैलारी गाउँपालिका–८ लौसामा रहेको अँखुवा सहकारी संस्था र प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजनाबीच एक वर्षपहिले नै माटो परीक्षण प्रयोगशाला निर्माण गर्ने सम्झौता भएको थियो ।

आयोजनाले भने उपकरण खरिद गरेको बिल आएकाले सहकारीलाई भुक्तानी गरेको जनाएको छ । मिनी ल्याबका उपकरणको बिल आएपछि मात्रै भुक्तानी दिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाका लेखापाल कृष्णप्रसाद सोवले जानकारी दिए ।

२० लाख ९४ हजारको मिनि ल्याबको योजना दिएबापत परियोजनाका प्रमुख रामनन्दन यादवलले सहकारीका पूर्वअध्यक्ष चौधरीबाट ६० हजार रकम घुस लिएको खुल्न आएको हालै चयन भएको सहकारीको नयाँ कार्य समितिले जनाएको छ ।

सहकारीक एक जना कार्यसमितिका सदस्यको नाममा दिइएको चेकको अर्धकट्टीमा उक्त रकम आयोजना प्रमुख यादवलाई दिएको उल्लेख छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रामानन्द यादवलाई २५ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर काठमाडौं पुर्‍याएको छ ।

किसानलाई माटो सुहाउँदो खेतीका लागि माटो परीक्षणको रिपोर्ट प्रदान गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्रयोगशाला निर्माण गरिने भएको हो । तर, अहिले भने प्रयोगशालाको काम अलपत्र परेको छ ।

परियोजनाको सबै रकम भुक्तानी गरिसकेको छ । मिनि प्रयोगशाला स्थापनाका लागि अधिकांश उपकरणसमेत खरिद गर्न बाँकी रहेको अवस्थामा अधुरै कामको पूरै भुक्तानी दिएपछि स्थानीयले अनियमितताको आशंका गरेका छन् ।

मिनि ल्याबका लागि आवश्यक पर्ने सामान नकिनिएका कारण मिनि ल्याब सञ्चालन गर्न नसकिएको सहकारी संस्थाका सचिव पूर्णिमा चौधरीले बताइन् ।

सहकारी संस्थाका तत्कालीन अध्यक्ष सोनुराम चौधरीको पालामा मिनि ल्याबको योजना परेको थियो । तर, नयाँ कार्यसमिति, मिनि ल्याबबारे अलमलमा छ । ०७४ पुस २७ गतेको साधारणसभाले सहकारीको नयाँ कार्यसमिति चयन गरेको हो । मिनी ल्याब सञ्चालनका लागि आवश्यक पर्ने मेसिनरी र भौतिक सामग्रीबारे केही थाहा नभएको नवनिर्वाचित अध्यक्ष नरसिंह सार्कीले बताए ।

नयाँ कार्यसमितिले २० लाख ९४ हजार खर्चको हिसाबसमेत मिलान गर्न नसकेको अध्यक्ष सार्कीले बताए । सहकारीको नवनिर्वाचित कार्यसमितिले पूर्वअध्यक्ष सोनुराम चौधरीलाई ल्याब सञ्चालन र खर्चको विवरण बुझाउन पत्र पठाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.