प्रदेश २ सरकारमा राजपाबाट तीन राज्यमन्त्री थपिँदै

प्रदेश २ सरकारमा राजपाबाट तीन राज्यमन्त्री थपिँदै

जनकपुरधाम: प्रदेश २ को सरकारमा राजपाले आफ्ना तीनजना राज्यमन्त्रीहरुलाई सहभागी गराउने भएको छ । लामो समयदेखि राजपाको भागमा परेका तीन राज्यमन्त्रीविहीन मन्त्रालयहरुमा सोमबार तीन राज्यमन्त्रीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ । संसदीय दलका नेता महन्थ ठाकुरको निर्णयले तीन राज्यमन्त्रीहरुको नाम टुंगो लगाइएको हो । 

राजपाको निर्णयानुसार उद्योग राज्यमन्त्री सुरेश मण्डल, भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पल झा र सामाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्माको नाम टुंगो लगाइएको छ ।

नम सार्वजनिक भएका राज्यमन्त्रीहरुको शपथग्रहण गराउने पनि प्रदेश सरकारले तयारी गरीसकेको छ । बुधबार शपथ ग्रहणको कार्यक्रम तय गरिएको राजपा संसदीय दलका नेता एवम भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनारले जनाए । 

उनका अनुसार बाहिर नाम आएका राज्यमन्त्रीहरुको बुधबार नै शपथ ग्रहण गराउने कार्यक्रम राखिएको छ । राजपाले सबै जिल्लालाई समेट्ने गरी राज्यमन्त्रीहरुको नामावली नामको टुंगो लगाइएको राजपा नेताहरुको भनाइ छ ।   

प्रदेश २ मा फोरम–राजपा गठबन्धनको नेतृत्वमा बनेको सरकारले करीब ६ पछि पूर्णता पाएको छ । राजपाले आफना तीन राज्यमन्त्रीहरुलाइ सरकारमा सामेल गराएपछि सरकारले पूर्णता पाएको हो । प्रदेशभरिमा राजपासंग २५ वटा ठाउँमा सीट प्राप्त गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.