'डेब्ट ट्र्याप’ को हौवा अनावश्यक हो : डा. सूर्यराज आचार्य

'डेब्ट ट्र्याप’ को हौवा अनावश्यक हो : डा. सूर्यराज आचार्य

चिनियाँ लगानीसँग जोडर ‘डेब्ट ट्र्याप’ का विषयमा पछिल्लो समयमा नेपालमा पनि बहस हुन थालेको छ। के चिनियाँ लगानीसँगै नेपालमा पनि ‘डेब्ट ट्र्याप’ को अवस्था सृजना हुने अवस्था हो ?

पहिले त यो ‘डेब्ट ट्र्याप’ भन्ने विषय नै असान्दर्भिक छ। राजनीतिक अस्थिरताका बेला विदेशीसँग ऋण लिएको पैसा पनि कार्यकतालाई बाँड््ने अवस्था थियो। विकास योजनाकारले पनि अकर्मण्यता देखाए। त्यसो भन्दैमा हामी सधैं पिछडिएर बस्ने भन्ने हुँदैन। मानिलिऊँ मुरीका मुरी धान फल्ने उर्वर भूमि छ, तर त्यस खेतमा लगाउने धानको बीउ छैन। अब ऋण लिएर त्यो खेतमा धान फलाउने कि ऋणसँग डराएर खेत बाँजो राख्ने ? म त भन्छु– ऋण लिएर भए पनि धान रोप्नुपर्छ। ऋण लिने भन्नेबित्तिकै ‘डेट ट्र्याप’ को हौवा दिएर नेपाली समुदायलाई डराउन दिनु गैरजिम्मेवारपूर्ण कार्य हो।

राजनीतिकर्मीहरूले यो विषय राजनीतिक र भूराजनीतिक दृष्टिकोणले उठाउँदा खासै फरक नपरे पनि बौद्धिक वर्गले पनि यो विषयमा अनावश्यक चर्चा गर्नु गलत हो। तर सरकारले भनेजस्तो चिनियाँ लगानी विशेषगरी रेल नेपालमा आउँदैमा सबै कुरा हुन्छ भन्ने होइन। सरकारले पनि रेलको औचित्य नेपालको सन्दर्भमा बहुपक्षीय हिसाबमा किन महत्वपूर्ण छ त्यो बुझाउनुपर्छ। नेपाललाई चिनियाँ नाकाको महत्वदेखि लिएर नेपाललाई चिनियाँ बजारसम्मको पहुँचले पुर्‍याउने फाइदा, चिनियाँ पर्यटकलाई नेपालमा भिœयाउन सक्दा नेपालको अर्थतन्त्रमा त्यसले पुर्‍याउने टेवाका विषयमा छलफल गर्नुपर्छ र गराउनुपर्छ। चिनियाँ रेललाई नेपालको सन्दर्भमा गेम चेन्जर भनिएको छ। यो साँच्चै गेम चेन्जर हो भने ४–५ प्रतिशत मा आउने ऋणको कुरै नगरम्, उच्च प्रतिशतमा पनि ऋण लिएको अरु देशका उदाहरण पनि छन्।

कुनै एक देशले नेपालमा लगानी गर्ने चर्चा चल्दैमा त्यसको लगानीको प्रकृति थाहै नपाई विरोध गर्नु उचित हुँदैन।

सम्बन्धित सामग्री

‘डेब्ट ट्र्याप’ लाई असान्दर्भिक भन्नुभयो, सान्दर्भिक के हुन्छ होला ?

– चिनियाँ लगानीका आयोजनाहरूले हाम्रो विकासमा खेल्ने भूमिका के हो ? यस विषयतिर बहस केन्द्रित हुनुपर्छ। चिनियाँ लगानीको रेलसेवा नेपालका लागि गेम चेन्जर हो भने यस्ता आयोजनामा लगानी–प्रतिफलको पारम्परिक विश्लेषण विधिसमेत लागू हुँदैन। त्यसैले आर्थिक विकास, चीनसँगको कनेक्टिभिटी, आन्तरिक प्राविधिक हस्तान्तरण, क्षमता विकासलगायतका पक्षमा यो आयोजनाको महत्वबारेमा गृहकार्य, बहस गरौं र निकर्षमा पुगौं। ‘डेब्ट ट्र्याप’ को अहिलेको हौवा विल्कुल अनावश्यक हो। राष्ट्रिय अर्थतन्त्रबराबरको ऋण लिन थालेको भए त्यो बेला सौच्नुपर्ने हुन्थ्यो। अहिले पनि हामी नौ खर्बबराबरको ऋणमा छौं। खै, यसले कुनै ‘डेट ट्र्याप’ निम्त्याएको छैन। विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतले नेपाललाई ‘डेट ट्र्याप’ गर्‍यो कि गरेन, बहस गरौं न त ? कुनै एक देशले नेपालमा लगानी गर्ने चर्चा चल्दैमा त्यसको लगानीको प्रकृति थाहै नपाई विरोध गर्नु उचित हुँदैन।

पहिला हामीले चिनियाँ लगानीमा बनाउन खोजिएका परियोजनाहरू केके हुन्, ती आयोजनाहरूको हैसियतको विषयमा छलफल गरौं। अहिले हामीले चीनले पाकिस्तानमा ग्वादर पोटमा गरेको जस्तो ६ बिलियन चिनियाँ लगानीमा हस्ताक्षर गरेको त होइन। त्यो भयो भने त्यस अवस्थामा बहस गरौंला। अहिले नेपालमा चीनले लगानी गर्ने भनिएको केरुङ–काठमाडौं रेलमार्गले ‘डेट ट्र्याप’ को बहस सृजना गरेको हो भने यसले खोज्ने बहस भनेको यो आयोजना नेपालको हकमा गेम चेन्जर हो कि होइन भन्ने हो। हो भने श्रीलंका–पाकिस्तानको उदाहरणले यो विषयलाई आकर्षित गर्दैन। यति भन्दै गर्दा म केमा पनि जोड दिन्छु भने अरू आयोजनाहरूको कार्य सम्पन्न गरेजस्तै चिनियाँ लगानीको आयोजनाको प्रकृति पनि त्यस्तै हुने हो भने गेम चेन्जर हुँदाहुँदै पनि त्यो ‘डेट ट्र्याप’ हुन सक्छ।

३. चीनले लगानी गर्ने भनिएको आयोजना राम्रो भएकाले नेपाल ‘डेट ट्र्याप’ मा पर्ने सम्भावना कम छ भन्न खोज्नुभएको ?

– हो, ‘डेब्ट’ (ऋण) का हिसाबले हामी अहिले आत्तिहाल्नुपर्ने अवस्थामा छैनौं। ‘डेट ट्र्याप’ को अवस्था हुन आयोजना नराम्रो हुनुपर्‍यो। के केरुङ–काठमाडौं रेलमार्गसम्बन्धी आयोजनालाई नराम्रो आयोजना भन्न कसैले सक्छ ? परियोजनाको विषयमा आलोचना छैन, खालि एउटा देशविशेषको लगानीलाई आलोचना गरिनु राम्रो हुँदैन। अहिले ११० प्रतिशतको भारतीय लगानीमा भुटानले जलविद्युत् आयोजनामा लगानी गर्दा ‘डेट ट्र्याप’ को अवस्था नआउने। अफ्रिकाका दोहोरो अंकमा विकास गरेका देशहरू पूरै ऋणमा काम गरिरहेका छन्, हामी मात्रै किन ऋणमा काम गर्न सक्दैनौं ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.