मुख्यमन्त्री सहभागी कार्यक्रममै बालकको यस्तो बिजोग !

मुख्यमन्त्री सहभागी कार्यक्रममै बालकको यस्तो बिजोग !

जनकपुर: बालविवाह र दाइजो प्रथा अन्त्य गर्न भन्दै जनकपुरमा बिहीबार र शुक्रबार दुई दिने सम्मेलन भयो । बालबालिका र किशोर किशोरीलाई बालविवाह र दाइजो प्रथाबारे जानकारी दिन भएको सम्मेलनमै बालमजदुर लगाइएपछि जनप्रतिनिधिले आक्रोश पोखेका छन् । 

कार्यक्रमस्थलको हलमा बालबालिकाको अधिकारका विषयमा युनिसेफ, डीएफआइडी र युएनफपीएका प्रतिनिधिले छलफल गर्दै गर्दा भान्सामा जुठा भाँडा संकलन गर्ने र सफा गर्न अरु बालबालिका खटिरहेका थिए । 

यो दृश्य देखेका जनप्रतिनिधिले सम्मेलनमै आपत्ति जनाए  । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेको कार्यक्रम सामाजिक विकास मन्त्रालय प्रदेश २ ले आयोजना गरेको हो । 

सम्मेलनको हलमा उनीहरुकै अधिकारको कुरा हुँदा निरकुमार नाम बताउने अन्दाजी आठ वर्षीय बालक भने जुठा भाँडा संकलन गरिरहेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.