भारतीय पक्षबाट रेल्वेको स्थलगत निरीक्षण

भारतीय पक्षबाट रेल्वेको स्थलगत निरीक्षण

जनकपुरधाम : भारतको सडक परिवहन राज्यमन्त्री मन्शुद लक्ष्मण भाइ माण्डवीयाले भारतीय लगानीमा नेपालमा सञ्चालित दुई ठूला परियोजनाको निरीक्षण गरेका छन्।

काठमाडौंबाट सोमबार बिहान जनकपुर आएका भारतको केन्द्रीय सडक तथा परिवहन राज्यमन्त्री माण्डवीयाले झन्डै ६ अर्बको लागतमा निर्माणाधीन जनकपुर जयनगर रेल्वेको निर्माण प्रगति र हुलाकी राजमार्ग निर्माणसम्बन्धी गतिविधिको स्थलगत अवलोकन गरेका हुन्।

जनकपुर आएलगत्तै जानकी मन्दिरमा पूजापाठ र दर्शन गरेर रेल्वेको प्रगति निरीक्षण गर्न उनी कुर्था पुगेका थिए। कुर्थामा भारतीय राज्यमन्त्री माण्डवीयाले रेल्वे ट्र्याकको प्रगति र कहिलेसम्म सञ्चालन गर्न सकिनेबारे जिज्ञासा राखेका थिए। निर्माण कम्पनीका पदाधिकारीले उनलाई डिसेम्बरसम्म एकमहिने परीक्षण र त्यसपछि नियमित सञ्चालन गर्न सकिने जनाएको थियो।

भारतको रेल्वे विभागको डीजीएम उमेशचन्द्र त्रिपाठीले उनलाई प्रगति र निर्माण सम्पन्न हुने समयबारे जानकारी गराएका थिए। कुर्थाबाट फर्केर पूर्वी धनुषाको यदुकोहा पुगेको राज्यमन्त्री माण्डवीया सोमबार अपराह्न काठमाडौं फर्किएका छन्। जनकपुरसहित मध्य तथा पूर्वी मधेसका जिल्लामा सञ्चालित भारतीय अनुदानको योजना सुरु भएको वर्षौं बिते पनि निर्माणले पूर्णता पाउन सकेको छैन।

कात्तिकभित्र सञ्चालनको तयारी

जनकपुर–जयनगर रेल्वे सेवा कात्तिकभित्र सञ्चालनमा आउने तयारी भएको छ। सबै तयारी अन्तिम चरणमा रहेको हुनाले सन २०१८ भित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको रेल्वे विभागले जनाएको छ।

जनकपुर–जयनगर रेल्वेको अहिले ३० किलोमिटरसम्म लिक बिछ्याउने कार्य भइसकेको रेल्वे विभागका महानिर्देशक अनन्त आचार्यले बताए। उनका अनुसार जनकपुर–जयनगरसम्म २८ किलोमिटर दूरी छ। यहाँसम्म लगभग सबै काम अन्तिम चरणमा पुगिसकेको रेल्वे विभाग महानिर्देशक आचार्यको दाबी छ। जनकपुरदेखि जयनगरसम्म दैनिक ५/६ पटक गरी ६/६ वटा यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको रेल्वे विभागले जनाएको छ।

रेल्वेको सबै निर्माण गर्ने जिम्मा भारत सरकारले लिएको छ। सम्झौताअनुसार सञ्चालन भइसक्नुपर्ने हो तर २ वर्ष ढिलाइ हुन गएको जनकपुर रेल्वे विभागले जनाएको छ। तराईमा हुने गरेका आन्दोलनका कारण समयमा सञ्चालनमा आउन नसकेको रेल्वे विभागको भनाइ छ।

सम्झौताअनुसार सन २०१६ मा रेल्वे सञ्चालनमा आउनुपर्ने हो। जनकपुर–जयनगरसम्म प्रतिघण्टा सय किलोमिटर दूरी पार गर्ने गरी रेल्वेको डिजाइन गरिएको छ। ३५ किलोमिटर दूरीमा करिब ११ वटा स्टेसन निर्माण गरिएको छ। ३ देखि ४ किलोमिटर दूरीमा एउटा स्टेसन निर्माण गरिएको रेल्वेका डीजी आचार्यले जनाए।

यसैबीच, सोमबार भारतीय सडक परिवहन राज्यमन्त्री माण्डवीया र प्रदेश–२ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनारबीच भेटवार्ता भएको छ। भारतीय लगानीमा नेपालमा सञ्चालित दुई ठूला परियोजनाको निर्माणबारे प्रदेश भौतिकमन्त्री सोनारसँग छलफल गरेका हुन्।

जनकपुरमा निर्माणाधीन रेल्वेको स्थलगत निरीक्षण गर्दै राज्यमन्त्री माण्डवीया। फोटोः अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.