जनप्रतिनिधिको दोहोरो चरित्र : बाहिर नारा जुुलुुस, भित्र तलब माग

जनप्रतिनिधिको दोहोरो चरित्र : बाहिर नारा जुुलुुस, भित्र तलब माग

परासी : नगरपालिकाले गरेको कर वृद्धि र नगर सदस्यलाई दिइने तलब भत्ताको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले शुुक्रबार पश्चिम नवलपरासीको रामग्राम नगरपालिका अगाडि प्रदर्शन गर्‍यो । प्रदर्शनमा सो पार्टीबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरूले समेत त्यसको चर्को विरोध गर्दै नाराबाजी गरे ।

जग्गा र विभिन्न शीर्षकमा लगाएको कर, नगरपालिकालाई मार पर्ने गरी सदस्यहरूलाई समेत तलब भत्ता दिने व्यवस्था खारेजी हुुनुुपर्ने लगायत विभिन्न नौं बुुँदे माग राखेर उनीहरूले विरोध प्रदर्शन गरेका हुुन् । पार्टीका केन्द्रीय महामन्त्री धुु्रवबहादुुर प्रधानले अगुुवाई गरेको विरोध प्रदर्शनसँगै ज्ञापन पत्र बुुझाउन पार्टीका नगर अध्यक्ष रामभवन यादवसँगै जनप्रतिनिधिहरू पनि नगरप्रमुुख नरेन्द्रकुुमार गुुप्ताको कार्यकक्षमै पुुगे । सबैले माग पूरा गर्न उनीसँग माग गरे । ज्ञापन पत्र बुुझाएपछि सबै बाहिर निस्के पनि पार्टीबाट सहभागी वडासदस्यहरू सीतारानी थरुनी र अञ्जुु दर्जी विक भने नगरप्रमुुख गुुप्तासामू आफूहरूको तलब कहिले पाइन्छ भनेर प्रश्न गरे ।

गुुप्ताले भने, ‘तपाईहरू तलब भत्ता खारेज हुनुपर्छ भन्दै नाराबाजीसहित ज्ञापन पत्र बुुझाउन आउनु हुुन्छ अनि कहिले पाइन्छ भनेर पनि सोध्नुहुन्छ, यो दोहोरो चरित्र भएन र ? ’ प्रमुखले प्रश्न सोधेपछि सदस्यद्धय अक्क न वक्क भए । उनले दोहोर्‍याउँदै भने, ‘कि तपाईहरू पार्टीबाट उक्त माग खारेज गर्नुपर्‍यो भनेर भन्नुस् होइन भने विरोध पनि गर्ने अनि छिटो रकम पठाइदिनुुस् भनेर दवाब दिने ? यो त मिलेन ।’ उक्त पार्टीबाट नगरपालिकामा तीनजना वडाध्यक्षसहित नौंजना सदस्यमा निर्वाचित भएका छन् । उनीहरूसँगै नगरपालिकाकै विरुद्धमा भएको विरोध कार्यक्रममा सहभागी थिए ।

कर वृद्धि भएको गुुनासो र विरोध हुुन थालेपछि नगरपालिकाले कार्यपालिकाको बैठकबाट कर परिमार्जन गर्ने निर्णय गरिसकेको छ । कर परिमार्जन गर्नका लागि कार्यपालिकाको बैठकबाट निर्णय भइसकेको र कुन कुन शीर्षकमा परिमार्जन गर्ने भन्नेबारे राजनीतिक दलसँग छलफलको तयारी गरिएको गुप्ताले बताए । नगरपालिकाले प्रायः सबै शीर्षकमा २० देखि ६० प्रतिशत कर बढाएको छ । कर परिमार्जन गर्न सकिने भए पनि सदस्यहरूको तलब भत्तामा प्रदेशसभाले तोकेकाले पुनर्विचार गर्न नसकिने उनले बताए ।

प्रदेशसभाले तलब तोक्नुअघि नगरपालिकाले निर्णय गरेअनुसार मेयर÷उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई २०७४÷०७५ को सम्पूर्ण तलब भने उपलब्ध गराइसकिएको छ । सदस्यहरूको भने प्रदेशसभाले पछि निर्णय गरेकाले उनीहरूको खाता खोल्न लगाइएको नगरप्रमुुख गुप्ताले बताए । केही दिनमै सबै सदस्यहरूको तलब खातामा पठाइने उनले बताए । नगरपालिकामा ९३ जना जनप्रतिनिधि छन् । उनीहरूका लागि वार्षिक डेढ करोड बढी तलबमा मात्र खर्च हुुने गरेको छ । तलब भत्ता नगरपालिकाको आन्तरिक आयबाट भुुक्तानी गर्ने प्रावधान छ ।

तलब भत्ता, इन्धन लगायत अन्य सुविधा र खर्च गरेर जनप्रतिनिधिका लागि वार्षिक दुई करोड भन्दाबढी खर्च हुन्छ । जुन आन्तरिक आयभन्दा पनि बढी हुने देखिन्छ । गतवर्ष नगरपालिकाले आन्तरिक आयबाट दुई करोड ७० लाखमात्र संकलन गरेको थियो । यसवर्ष आन्तरिक आयबाट पाँच करोड २४ लाख संकलन हुुने अपेक्षा छ । कर वृद्धिबारे गुुनासा र विरोध आउन थालेपछि आन्तरिक आय घट्ने पनि संभावना छ ।

तस्विर – कर वृद्धि र नगर सदस्यहरूलाई दिइने तलव भत्ताको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का कार्यकर्ता ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.