सामुदायिक विद्यालय सुधार्न शिक्षक सक्रिय हुनुपर्छ : शिक्षामन्त्री

सामुदायिक विद्यालय सुधार्न शिक्षक सक्रिय हुनुपर्छ : शिक्षामन्त्री

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमाणि पोखरेलले समुदायिक विद्यालयको स्तर सुधार्न शिक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन्। डल्लुस्थित गितामाता सामुदायिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्।

मुलुकका करिव ७१ प्रतिशत बालबालिका सामुदायिक विद्यायालयमा पढ्ने गरेको स्मरण गराउँदै मन्त्री पोखरेलले भने,‘यति धेरै विद्यार्थीको विश्वासलाई टिकाइराख्न सामुदायिक विद्यायालयले गुणात्मक शिक्षामा जोड दिनैपर्छ।’ 

शैक्षिक संस्थाले सिकाई केन्द्रीत पठनपाठनमा जोड दिनुपर्ने पनि पाखरेलले बताए। मुलुकमा ठुला राजनीतिक परिवर्तन भएपनि शिक्षा र सिकाईको क्षेत्रमा धेरै परिवर्तन हुन नसकेको उनको भनाई थियो।

‘अब शैक्षिक क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक तथा यस क्षेत्रसँग सम्बन्धित अन्य संघ संस्थाले पहल गर्नुपर्छ’ पाखरेलले भने,‘शिक्षा क्षेत्रको सुधारका लागि पनि शिक्षकहरुको भूमिका अझ बढी प्रभावकारी हुनुपर्छ।’

चार वर्षअघिको भूकम्पका क्षतिग्रस्त भएका योे विद्यालय भवनको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको समन्वयमा एसियाली विकास बैंकले बनाइदिएको हो। करिब चार करोड लागतमा चार तल्लाको भवन बनेको हो। भवन २४ कोठे छ। 

भुकम्पका कारण अझै दुुई हजार भन्दा बढि बिद्यायलयहरुको भवन बनाउन नसकिएको पोखरेलले बताए। पक्की भवन बनेपछि विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिनेमा पोखरेलले विश्वास व्यक्त गरे। कार्यक्रममा काठमाडौं-७ का सांसद जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, प्रदेश सांसद लगायतले सामुदायिक शिक्षाको सुधार नै अबको पहिलो प्राथमिकतामा रहनुुपर्ने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.