खेम थपलिया पक्राउ

खेम थपलिया पक्राउ

काठमाडौं : लेखक तथा पत्रकार खेम थपलिया बागबजारबाट पक्राउ परेका छन्। प्रगतिशील लेखक संघ (प्रलेस)सँगै जोडिएको जलजला मासिकको कार्यालयबाट शनिबार दिउँसो थपलिया पक्राउ परेका हुन्। 

थपलियालाई पक्राउ गरिएको प्रलेसका उपमहासचिव आरसी न्यौपानेले अन्नपूर्णलाई जानकारी दिए। ‘आज हाम्रो काठमाडौं जिल्ला कार्यसमितिको बैठक चलिरहेको थियो, यही क्रममा खेम थपलियालाई हत्कडी लगाएर लग्ने तयारी गरेको छ’, उनले भने। 

प्रहरीले उनको कार्यालयमा रहेका कम्प्युटर र कागजातसमेत लगेको छ।

बैठकपछि प्रलेसको कार्यालयबाट बाहिर निस्किएका पधादिकारीलाई समेत प्रहरी केही समय शोधपुछ गरेको न्यौपानेले जानकारी दिए। नेपाल प्रहरीको विशेष ब्यूरोले थपलियालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।  

थपलिया नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव हुन्। यसै संगठनका अध्यक्ष माइला लामा पक्राउ परेपछि संगठनको तर्फबाट थपलियाले नै सरकारविरुद्ध विज्ञाप्ति जारी गरेका थिए। लामा पक्राउ परेपछि पनि थपलिया नियमित कार्यालय आउने गरेका थिए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.