सिंहदरबार गाउँ नपुगेकोमा प्रचण्डकाे असन्तुष्टि, रोपेको एउटा, उम्रियाे अर्कै

सिंहदरबार गाउँ नपुगेकोमा प्रचण्डकाे असन्तुष्टि, रोपेको एउटा, उम्रियाे अर्कै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रीकृत मानसिकता भएका केही प्रमुख व्यक्तिको हालिमुहालीका कारण संघीयता कार्यान्वयनमा परिणाम आउन नसकेको बताएका छन्। सामुदायिक वन दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बाेल्दै प्रचण्डले अझैपनि सिंहदरबार काम गाउँ-गाउँमा पुग्न नसकेको बताए।

‘गाउँगाउँमा सिंहदरबारको अधिकार जाओस्, जनताले सुख र समृद्धिको अनुभूति गरून् भन्ने अपेक्षा राखेका थियौं’, प्रचण्डले भने, ‘रोपेको एउटा र अर्कै उम्रिन थालेको छ। रोपेको चिज नै उम्रिनु पर्ने थियो तर त्यस्तो उम्रिन खोजिरहेको छैन।’

पुरानो राज्य संयन्त्रबाट प्रशिक्षित व्यक्तित्वबाटै यस्तो समस्या देखिएको उनको भनाई थियो। गाउँ-गाउँमा सिंहदरबाको अधिकार जनतालाई बोझ थप्न पुर्‍याएको नभई हल्का गर्न भएको बताए।

जनतालाई करको भारी बोकाउन तीन तहको सरकार नबनाइएको प्रष्ट पारे। स्थानीय तहमा नै नागरिकता, रोजगारी, स्वास्थ्य, शिक्षाको समस्या समाधान गर्न संघीयता कार्यान्वयनमा ल्याइएको उनको भनाई थियो। संघीय संसदमा संघीयताको मर्मविपरीत व्यवस्था राखेर विधेयका आइरहेको उनले बताए।

‘स्थानीय, प्रदेश र संघीय सरकारले पनि अनावश्यक कर उठाइरहेको प्रति जनता असन्तुष्ट बनेका छन्’, उनले भने, ‘जसले संघीयताप्रति नै वितृष्णा पैदा हुँदै गएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.