आजको मौसम : चट्याङ्गसहित भारी वर्षा हुने

आजको मौसम : चट्याङ्गसहित भारी वर्षा हुने

काठमाडौं : देशका पूर्वी, मध्य तथा पश्चिमका स्थानहरूमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको आइतबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर अवस्थित भएकाले नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको उल्लेख छ।

मनसुनको न्यून चापिय रेखा विस्तारैमाथि सरेर औसत स्थानमा आउने सम्भावना  रहेको छ। मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

आइतबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ। पहाडि भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। देशको पहाडि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

के छ बाढीको सम्भावना ?

काठमाण्डौ उपत्यकाको बागमती, विष्णुमती, नख्खु, हनुमन्ते, मनोहरालगायत सबै नदीहरूमा बहाव बढ्दो क्रममा रहेको छ। मनोहरा र हनुमन्ते लगायतमा बहाव सतर्कता तह आसपास भएपनि बढ्दो रहेकाले खतराको तहसम्मको बाढी आउँदा नदी किनारको बस्तीमा पस्न सक्ने भएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.