आपसमै सशंकित समाजवादी-राजपा

आपसमै सशंकित समाजवादी-राजपा

काठमाडौं : गत साताको मन्त्रिपरिषद् पुनर्गठनपश्चात समाजवादी र राजपा आपसमा संशकित भएका छन्। मधेसीको अधिकारका लागि सँगै आन्दोलन गरेका यी दुई दल प्रदेश २ मा संयुक्त सरकार चलाइरहेका छन्। गएको प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा दुवैले तालमेल गरेर उम्मेदवारी दिएका थिए। पछिल्लो समय पार्टी एकीकरणकै प्रयास भइरहेको बताउँदै आएका यी दुई दल मन्त्रिपरिषद् पुनर्गठनपश्चात एक अर्का प्रति सशंकित अभिव्यक्ति सार्वजनिक रुपमै दिएका छन।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय प्रधानमन्त्री केपी ओलीले ‘अपमानजनक’ ढंगले हेरफेर गरेपछि सरकारबारे भएको छलफलमा दुवै पार्टीले आपसमै संशकित अभिव्यक्ति दिएका हुन्। समाजवादीले आफू बाहिरिए राजपा सरकारमा सामेल हुने र त्यसपछि प्रदेश २ मा समेत नेकपा र राजपा मिलेर नयाँ समीकरणसहित सरकार बनाउने आशंका व्यक्त गरेको छ। राजपा नेताहरूले सरकार नछाड्नका लागि उपेन्द्र यादवले यस्तो हल्ला फैलाएको जवाफ दिएका छन्।

सरकार छाड्ने कि नछाड्ने बहस चर्किएपछि गत शनिबार बसेको पदाधिकारी बैठकमै उपप्रधानमन्त्री यादवले आफूलाई सरकार छाड्न कुनै समस्या नभएको तर त्यसपछि राजपा सरकारमा सामेल हुने र प्रदेश २ को सत्ता समीकरणसमेत फेरिने ब्रिफिङ गरेका थिए। यादवको ब्रिफिङपछि बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने निर्णय ग¥यो। राजपाले सरकारमा सामेल हुन खुट्टा उचालेको आरोप समाजवादीका नेताले सार्वजनिक रुपमै लगाएका छन्।

राजपा महासचिव केशव झाले समाजवादीको आरोप पूर्णतः निराधार भएको दाबी गरे। ‘प्रधानमन्त्रीले २ वर्षदेखि राजपालाई संघीय सरकारमा सामेल हुन भनिरहनु भएको छ,’ उनले भने, ‘राजपाले प्रधानमन्त्री र नेकपालाई प्रष्ट भनिसकेको छ कि मधेस आन्दोलनको मुद्दा सम्बोधन नहुन्जेल पार्टी सरकारमा जाँदैन।’ उनले पछिल्लो समय समाजवादीले सरकार नछाड्न राजपामाथि औंला उठाएको भन्दै राजपा प्रदेश २ मा समेत सत्ता समीकरण हेरफेर गर्ने पक्षमा नरहेको दाबी गरे।

समाजवादीका नेता डा. शिवजी यादवले बाहिर जे भने पनि राजपा पछिल्लो समयमा संघीय सरकारमा जान खुट्टा उचालेको दाबी गरे। ‘त्यस्तो ठोस सूचना आएकाले हामी पछिल्लो समय अलि चनाखो भएका हौं,’ उनले भने, ‘उहाँहरू त्यस्तै परे प्रदेश २ मा समेत नेकपासँग सत्ता समीकरण बनाउन तयार रहेको देखियो।’ समाजवादीले यस्तो आरोप लगाइरहँदा सोमबार सप्तरीमा राजपाका संयोजक राजेन्द्र महतोले पार्टी एकीकरणका क्रममा आफूहरूले सरकारबाट बाहिरिन सर्त तेस्र्याएपछि समाजवादी आरोप प्रत्यारोपमा उत्रेको दाबी गरे। उनले नेकपा र कांग्रेसको विकल्पमा बलियो राजनीतिक शक्ति निर्माण गर्न दुई पार्टीको एकीकरण आवश्यक भए पनि सरकार नछाडुन्जेल समाजवादीसँग एकीकरण नहने प्रष्ट्याए। उनले राजपा सरकारमा सामेल हुने हल्ला पनि गलत रहेको बताए।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावपछि राजपाले सत्ताबाहिर बसेर संघीय सरकारलाई समर्थन दिएको थियो भने समाजवादी सहभागी नै भएको थियो। तर गत फागुनमा कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टीकापुर घटनामा जन्मकैद सजाय भएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समाजवादीले पनि उक्त निर्णयको विरोध गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.