छोराको कुटाइबाट बावुको मृत्यु

छोराको कुटाइबाट बावुको मृत्यु

सुर्खेत : आफ्नै छोराको कुटाइबाट जुम्लाका एक वृद्धको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरी घर आएका छोराले कुटपिट गर्दा बावुको मृत्यु भएको हो । जुम्ला कनकासुन्दरी गाउँपालिका-४ निवासी ३५ वर्षीय छोरा ऐनबहादुर शाहीले आफ्नै बुवा ७५ वर्षीय दानबहादुर शाहीलाई कुटपिट गरी हत्या गरेका हुन् । 

शनिबार मध्यराती बाहिरबाट मदिरा सेवन गरी घर आएका ऐनबहादुरले एक्‍कासी आफ्नै बुवालाई कुटपिट गर्नुको कारण भने खुलेको छैन । साउन १० गते राती कुटपिट भए पनि वृद्धको मृत्यु ११ गते दिउँसो मात्रै भएको हो ।

प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार घटनापछि घाइते भएका वृद्धलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। अहिले मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रहरीका अनुसार सोमबार नै मृतकको शव पोष्मार्टम गरी आफन्तलाई बुझाउने तयारी छ । मृतक वृद्धको टाउको, आँखा र कोखामा चोटपटक लागेको छ । 

मृतक नेपाल प्रहरीका पूर्वअसइ समेत हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ऐनबहादुर शाही प्रहरी नियन्त्रणमा छन् । 
नियन्त्रणपछि उनलाई गाउँ नजिकैको कनकासुन्दरी प्रहरी चौकीमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  प्रहरी निरीक्षक देवाराज भट्टराईसहितको टोली घटनास्थलतर्फ गएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.