कर्णालीका तीन जिल्लामा निषेधाज्ञा

कर्णालीका तीन जिल्लामा निषेधाज्ञा

सुर्खेत : कर्णाली प्रदेशका तीन जिल्लामा एकैदिन सुरु भएको निषेधाज्ञा कार्यान्वयनका लागि प्रहरीले कडाइ गर्न थालेको छ । कर्णालीमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या बढ्दै गएपछि सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र मुगु सदरमुकाम गमगढी बजार क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारको निर्णय अनुसार अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै निषेधाज्ञा घोषणा गरिएपछि यहाँका मुख्य बजार क्षेत्र सुनसान छन् । 

निषेधाज्ञा घोषणा गरिएपनि स्थानीय नागरिक घर बाहिर तथा बजार क्षेत्रमा निस्कन थालेपछि प्रहरीले कडाइ गर्न थालेको हो । निषेधाज्ञाको पालना नगरी वीरेन्द्रनगर नगरपालिका बजार क्षेत्रमा खुलेयाम घुमघाम गर्ने स्थानीय नागरिकलाई प्रहरीले कारवाही गर्न थालेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पनि पटक-पटक निषेधाज्ञा गर्ने गरिएको थियो । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाका अनुसार रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा पनि बुधवारदेखि निषेधाज्ञा जारी भएको छ । नागरिकलाई निषेधाज्ञा पालना गर्न अनुरोध गर्दै अटेर गर्नेलाई कारबाहीका लागि प्रहरीले मुख्य बजार क्षेत्रमा निगरानी बढाएको उनले बताए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले वीरेन्द्रनगमा लकडाउन हटेसँगै बजारमा हुने अत्याधिक भिडभाड हटाउन, नजिकिँदै गरेका चाडवाडमा भिडभाड गर्न नदिन र समुदायस्तरमा कोरोना संक्रमण पुग्न नदिन निषेधाज्ञा घोषणा गर्नुपरेको बताए । 

उनका अनुसार कर्णाली प्रदेशको केन्द्र वीरेन्द्रनगरमा भदौ १ गते बिहान ६ बजेदेखि ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । यस्तै कोरोनाको जोखिम बढेको भन्दै सुर्खेतको भेरीगंगा नगरपालिकाका क्षेत्रभित्र रहेका बजार पनि बन्द गरिने भएको छ ।

नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सोमबार साँझ ७ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका लागि बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । नगर उपप्रमुख रेनु आचार्यका अनुसार यो अवधिमा भेरीगंगा नगरपालिका भित्रपर्ने छिन्चु, जहरे, झिङ्नी र रामघाट बजार बन्द रहने छन् ।

यस्तै कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने मुख्य नाकाहरूमा कडाइ गर्ने निर्णय गरेको छ । पास बनाएर आएका व्यक्तिहरूलाई समेत पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ । विषेश गरी प्रदेश भित्रिने मुख्य नाका सुर्खेतको बबई, कुइने, सल्यानको कालिमाटी, काल्चे र कपुरकोट लगायतका सीमा नाकामा कडाइ गरिएको हो । निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारीजस्ता अत्यावश्यक सेवा तथा व्यवसाय मात्रै सञ्चालन गर्न पाइने छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.