राजनीतिक अनिश्‍चयले सेयरमा पहिरो

राजनीतिक अनिश्‍चयले सेयरमा पहिरो

काठमाडौं : राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि सेयर बजार ओरालो लागेको छ। आइतबार सेयर बजार सूचकांक ९६.८८ अंक अर्थात् ४.७७ प्रतिशत घट्यो। आफूसँग भएको सेयर बेच्न निकै हतारिए। फलस्वरूप नेप्सेमा कारोबार रकम अहिलेसम्मकै धेरै भयो। आइतबार नेप्सेमा ९ अर्ब ४ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भयो।

राजनीतिक अस्थिरतासँगै बजार घट्न सक्ने अनुमानमा धेरै लगानीकर्ताले सेयर बेच्न खोजेको ब्रोकर बताउँछन्। विगतमा पनि चुनावी परिणाम सार्वजनिक हुँदा वा प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा आउँदा यसरी नै सेयर बजार प्रभावित हुने गरेको थियो। तर, त्यस्तो राजनीतिक प्रभाव सेयर बजारमा धेरै लामो समय टिकेको देखिँदैन।

आकस्मिक रूपमा हुने राजनीतिक घटनाले सोही दिन बजारलाई बढी प्रभाव पारे पनि त्यसपछिका दिनमा विस्तारै पुरानै लयमा फर्कने गरेको उदाहरण विगतमा पाइन्छ। ‘तर, प्रतिनिधिसभा विघटन गरेर जाने कुरा हामीले लामो समयपछि देखेका हौं’, एक ब्रोकर भन्छन्, ‘यसलाई लगानीकर्ताले कसरी लिन्छन् भन्ने हेर्न बाँकी छ।’

संकटका बेला उचाइ लिने सेयर बजार अहिलेको अवस्थामा कुन बाटो हिँड्छ भन्ने लगानीकर्ताको मनोबल र पैसाको उपलब्धतामा निर्भर हुन्छ। अहिले बैंकमा धेरै पैसा जम्मा भएको र ऋण लगानी गर्न नसकिरहेको अवस्थाले ब्याजदर पनि सस्तिएको छ। यो अवस्थामा ऋण लिएर सेयर बजारमा लगानी गर्ने प्रवृत्ति बढेको छ।

कोरोना भाइरस महामारीका कारण व्यापार र अरू उद्यम धराशयी भएपछि धेरैले पुँजी बजारलाई पैसा कमाउने थलोका रूपमा उपयोग गरेको देखिन्छ। पुँजी बजारबाट तत्कालै ठूलो पैसा बाहिरिने सम्भावना कमै भएको राष्ट्र बैंकका अधिकारी बताउँछन्। यद्यपि, आइतबारको व्यापारमा भने १९८ कम्पनीको सेयर कारोबार हुँदा जम्मा १३ वटाको सेयर मूल्य मात्रै बढ्न सक्यो। यसले लगानीकर्ता हतोत्साहित भएको देखाएको छ। यो मानसिकता कति मजबुत हुन्छ वा सामान्यीकरण हुँदै जान्छ भन्ने कुराले पुँजी बजारको गति निर्धारण गर्ने ती अधिकारी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.