नेतृ झाँक्रीलाई भेट्न नेकपा प्रवक्ता श्रेष्ठ र नेता भट्टराई अपराध महाशाखामा

नेतृ झाँक्रीलाई भेट्न नेकपा प्रवक्ता श्रेष्ठ र नेता भट्टराई अपराध महाशाखामा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ परे लगत्तै नेताहरु नेपाल प्रहरीको महानगरीय अपराध महाशाखामा पुगेका छन्। 

नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता योगेश भट्टराई नेतृ झाँक्रीलाई भेट्न अपराध महाशाखा पुगेका हुन्। प्रवक्ता श्रेष्ठ र नेता भट्टराईले नेतृ पक्राउ परेपछि त्यहाँ पुगेर उनलाई भेट्नुका साथै महाशाखाका प्रमुख एसएसएसपी दीपक थापासँग छलफल गरेका छन्। 

‘प्रहरी अधिकारीसँग कुरा गर्‍यौं। केन्द्रको आदेश पालना गर्ने नै कुरा भयो। नेपाली जनताले धेरै ठूलो बलिदानीपूर्व संघर्षबाट प्राप्त गरेको लोकतान्त्रिक अधिकार र सविधानप्रदत्त अधिकार माथि अपहरण हो’, भेटेर संक्षिप्त प्रतिक्रिया दिंदै श्रेष्ठले भने, ‘सर्वसत्तावादी निरंकुशतावादको नांगो अभिव्यक्ति हो। अब आन्दोलन सशक्त बनाउनुको विकल्प छैन। आशा गरौं उहाँ चाडै छुट्नुहुन्छ।’ 

कसरी पक्राउ परिन् झाँक्री ? 

राज्यविरुद्धको कसुर गरेको आरोपमा नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार शंखमूलस्थित घरबाटै पक्राउ गरेको हो। 

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोग झाँक्रीविरुद्ध छ। झाँक्रीलाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रामबहादुर थापा‘बादल’लाई निर्देशन दिएका थिए। 

प्रहरीले नियन्त्रणमा लिनु अगाडि झाँक्रीले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिएकी छन्। उनले प्रतिगमनको विरुद्ध र लोकतन्त्रका लागि लडिरहँदा सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको बताइन्।  कानुनको पालना गर्दै आफूले गिरफ्तारी दिएको उनको भनाइ छ। 

प्रहरीले हाजिर हुन बोलाए पनि उनी नगएपछि महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको टोली पक्राउ पुर्जी लिएर शंखमूल पुगेको थियो।  झाँक्री पक्राउको विरोधमा प्रचण्ड-नेपाल नेपाल पक्षका विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले नाराबाजी गरेका थिए। पक्राउ परेको विरोधमा विद्यार्थीले आन्दोलन नै सुरु गरेका छन्। 

महाशाखाका प्रमुख एसएसपी दिपक थापाले अखिल नेपाल महिला संघले दिएको उजुरीका आधारमा झाँक्रीलाई पक्राउ गरिएको बताए। उनले भने,‘हामीलाई उहाँविरुद्ध उजुरी आएको थियो। थप अनुसन्धान गर्न पक्राउ गरेका हौं।’ 

के छ राज्यविरुद्धको कसुरमा कारबाही ? 

मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था छ। यसको दफा १ मा लेखिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुदैन।’ 

उक्त कसूर प्रमाणित भएमा कसूरदारलाई ७ वर्ष कैद वा ७० हजा रुपैयाँ जिरवाना वा दुबै सजाय हने व्यवस्था छ।


 
यो हो पक्राउ पूर्जी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.