खुला विश्वविद्यालयका शिक्षक- कर्मचारी आन्दोलित

खुला विश्वविद्यालयका शिक्षक- कर्मचारी आन्दोलित

काठमाडौं : नेपाल खुला विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरु आन्दोलित भएका छन् । शिक्षक तथा कर्मचारीहरुलाई स्थायी पदपूर्ति गर्ने प्रक्रिया रोकेको भन्दै उनीहरुले विश्वविद्यालयका सम्पूर्ण शैक्षिक, प्रशासनिक र प्राविधिक कार्यहरु असार २५ गतेसम्म स्थगित गर्ने घोषणा गरेका हुन् ।

शिक्षक कर्मचारी संघर्ष समितिका संयोजक खगेन्द्रप्रसाद प्रसार्इंले विश्वविद्यालयको कार्यकारी परिषद्को गएको वैशाख २४ गते भएको बैठकको निर्णयबमोजिम शिक्षक तथा कर्मचारीहरुको खुला तथा आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गर्न असार १५ गते प्रकाशित सूचना स्थगन गरिएको विरोधमा आन्दोलित भएको जानकारी दिए ।

उनले विश्वविद्यालयका उपकुलपति डा.इन्द्रबहादुर कार्कीले नभएको अधिकार प्रयोग गरी कुलपति एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठमार्फत ठाडो आदेशमा उक्त विज्ञापन स्थगित गराएकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको बताए ।

‘विज्ञापन रोक्ने आदेश विश्वविद्यालय ऐन हुनुका साथै विश्वविद्यालयसम्बन्धी मान्यता र परम्पराको ठाडो उल्लंघन हो’, संयोजक प्रसाईंले भने, ‘विज्ञापन रोक्ने घटना स्थायी शिक्षक तथा कर्मचारी नियुक्त गर्न नचाहने विगतकै नियतको निरन्तरता हो ।’

उनले यससम्बन्धमा उपकुलपतिसँग पटकपटक संवाद गर्दा पनि उपयुक्त निष्कर्ष ननिस्केको सुनाए ।संयोजक प्रसाईंले विश्वविद्यालयको वर्तमान नेतृत्व विश्वविद्यालयको विकासलाई अवरुद्ध गर्न लागिपरेकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको जिकिर गरे ।

उनका अनुसार आन्दोलित शिक्षक तथा कर्मचारीहरु विश्वविद्यालय सेवा आयोगमार्फत खुला प्रतिस्पर्धामार्फत स्थायी नियुक्तिका लागि सबै प्रक्रिया र मापदण्ड पूरा गरी सिफारिस भएर हाल करार सेवामा कार्यरत रहेकाहरु हुन् । 

विश्वविद्यालयको स्थापनाकालदेखि हालसम्म एकजना पनि शिक्षक तथा कर्मचारीको स्थायी नियुक्ति नभएकाले गएको वर्षको भदौ ९ गते भएको विश्वविद्यालय सिनेटसभाले शिक्षक तथा कर्मचारीहरुको खुला तथा आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी नियुक्ति गर्ने विज्ञापन प्रकाशित गरिएको थियो तर उपकुलपतिले विश्वविद्यालयको ऐनमै नभएको अधिकार प्रयोग गरी उक्त विज्ञापन रोक्ने र कुलपति एवं शिक्षामन्त्रीमार्फत ठाडो आदेशमा उक्त विज्ञापन रोकिएको संयोजक प्रसाईं बताउँछन् ।

उनले आफूहरुको माग पूरा नभएसम्म चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.