भक्तपुरका ६१ हजार ८०० ले लिए भेरोसेलको दोस्रो मात्रा

भक्तपुरका ६१ हजार ८०० ले लिए भेरोसेलको दोस्रो मात्रा

भक्तपुर : भक्तपुरका ६१ हजार ८०० जनाले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लिएका छन् । भक्तपुरमा दुई चरणमा सम्पन्न खोप कार्यक्रममा भक्तपुरका उक्त संख्याले चीन सरकारले सहयोग गरेको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका हुन् ।

स्वास्थ्य कार्यालय भक्तपुरका दोस्रो मात्रा खोप लिने ६० देखि ६४ वर्ष उमेर समूहका १३ हजार ७७८ जना थपिएसँगै यहाँ भेरोसेल खोपको दोस्रो मात्रा लिने संख्या ६१ हजार ८०० पुगेको हो । यसअघि १८ वर्षमाथिका ४८ हजार २२ जनाले भेरोसेल खोपको पूरा मात्रा लिएका थिए ।

भक्तपुरमा ६० देखि ६४ वर्ष उमेर समूहको खोप कार्यक्रमअन्तर्गत असार २२ गते ७ हजार ५९९ जना र २३ गते ६ हजार १७९ जनाले खोप लगाएका छन् ।

कार्यालयका प्रमुख कृष्ण मिजारले गएको जेठ २५ र २६ गते पहिलो मात्रा लिएका भक्तपुरका ६० देखि ६४ वर्ष उमेर समूहलाई असार २२ र २३ गते दुईदिन दोस्रो मात्रा दिइएको जानकारी दिए ।

उनका अनुसार भक्तपुरमा ७ हजार १४० जना महिला र ६ हजार ६३८ जना पुरुषले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । यहाँका ४ नपामध्ये सबैभन्दा बढी सूर्यविनायक नपामा ५ हजार ५५ जनाले दोस्रो मात्रा लगाए । यहाँ २ हजार ७३० जना महिला र २ हजार ३२५ जना पुरुषले दोस्रो मात्रा लगाएको प्रमुख मिजारले बताए ।
मध्यपुर थिमि नपामा २ हजार ९४ जना महिला र २ हजार ४४ जना पुरुष गरी ४ हजार १३८ जनाले खोप लगाउँदा भक्तपुर नपाका एकहजार २१७ महिला र एकहजार १०९ जना पुरुष गरी २ हजार ३२६ तथा चाँगुनारायण नपाका एकहजार १६० जना पुरुष र एकहजार ९९ जना महिला गरी २ हजार २५९ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पहिलो मात्रा लिनेभन्दा भक्तपुरमा ३ हजार ७३५ बढीले दोस्रो मात्रा लिएका छन् । गएको जेठ २५ र २६ गते गरी दुईदिन सञ्चालन भएको खोप कार्यक्रममा भक्तपुरमा १० हजार ४३ जनाले मात्रै पहिलो मात्रा लिएका थिए । तर त्यसको एकमहिनापछि भएको दोस्रो चरणको खोप कार्यक्रममा ३ हजार ७३५ जना बढीले दोस्रो मात्रा लिएको कार्यालय प्रमुख मिजार बताउँछन् ।

उनले पहिलो मात्रा भक्तपुर बाहिर लिएका उक्त संख्याले दोस्रो मात्रा भने भक्तपुरमा लिएकाले संख्या बढेको सुनाए । सरकारले खोपको पहिलो मात्रा जहाँसुकै लिएको भए पनि दोस्रो मात्रा आफूलाई पायक पर्ने ठाउँबाट लिनसक्ने व्यवस्था गरेकाले भक्तपुरमा दोस्रो मात्रा लिनेको संखया बढेको स्वास्थ्य कार्यालय प्रमुख मिजारको स्पष्टोक्ति थियो ।

भक्तपुरका ४ नपाले ३८ वटा वडामा खोप केन्द्र निर्धारण गरेर दुईदिन खोप दिएका थिए । जसमध्ये भक्तपुर र सूर्यविनायकले १०–१० र मध्यपुर तथा चाँगुनारायण नपाले ९–९ वटा वडामार्फत खोप दिएका थिए ।

भक्तपुरबाट कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमका कर्मचारी गरी ५ हजार ५७५ जनाले कोभिशिल्ड खोपको पूरा मात्रा लगाइसकेका छन् ।

तर कोभिशिल्ड खोपकै पहिलो मात्रा लिएका ७४ वर्ष माथिका ५ हजार ८२७ भक्तपुरवासीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।भक्तपुरमा हालसम्म २२ हजार २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । जसमा २१ हजार ४८६ जना डिस्चार्ज हुँदा १९४ पुरुष र १०५ महिला गरी २९९ जना संक्रमितको मृत्यु भइसकेको छ । भक्तपुरमा अझै ४७० जना सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.