भक्तपुरमा मोटरसाइकल दुर्घटना : चालक भट्टराईको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना : चालक भट्टराईको मृत्यु

भक्तपुर : भक्तपुर–काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुरको चारदोबाटोस्थित साझा पेट्रोल पम्प अगाडि बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९३ प ९६५२ नम्बर मोटरसाइकल दुर्घटना हुँदा चालक संखुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोकको बाह्रबीसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको हो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बायाँपट्टिको रेलिङमा ठक्कर खाई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक भट्टराई गम्भीर घाइते भएको उनले बताए।

दुर्घटना भएको जानकारी पाउनासाथ मध्यपुर थिमि नपा- ४ चारदोबाटो चोकमा रहेको प्रहरी टोली घटनास्थल पुगेको थियो। उक्त टोलीले घाइतेलाई उपचारका लागि मध्यपुर अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

मध्यपुर अस्पतालमा उपचारकै क्रममा घाइते भट्टराईलाई सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.