भक्तपुरमा २५ प्रतिशतले लगाए कोरोना खोप

भक्तपुरमा २५ प्रतिशतले लगाए कोरोना खोप

भक्तपुर : भक्तपुरको कूल जनसंख्याको २५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् । स्वास्थ्य कार्यालय भक्तपुरले भक्तपुरको कूल जनसंख्या ३ लाख ७४ हजार २१५ मध्ये २५ प्रतिशत अर्थात ९५ हजार ३३४ जनाले कोरोना भाइरसविरुद्धको खोप पाएका हुन् ।

कार्यालयका प्रमुख कृष्ण मिजारले कोरोना भाइरसविरुद्धको खोप पाएकामध्ये ७३ प्रतिशतले पूर्ण र २७ प्रतिशतले पहिलो मात्रा पाएको जानकारी दिए ।उनले १८ वर्षमाथिका जनसंख्यालाई मात्रै आधार मान्ने हो भने भक्तपुरमा करिब ३८ प्रतिशतले कोरोनाको खोप पाएको उनले स्पष्ट पारे । भक्तपुरमा कोरोना संक्रमण भने कूल जनसंख्याको ६ प्रतिशतलाई मात्रै भएको छ ।

विश्व स्वास्थ्य संगठनले अहिलेसम्म १८ वर्षमुनिका बालबालिकाको लागि कोरोनाको खोप लगाउन भनेको छैन । त्यसैले १८ वर्षमाथि जनसंख्यालाई आधार मान्ने भए भक्तपुरमै राष्ट्रिय तथ्यांकभन्दा बढी जनसंख्याले कोरोनाको खोप पाएको उनको भनाइ छ ।

भक्तपुरमा १८ वर्षमाथिका जनसंख्या २ लाख ५१ हजार ७७२ जना रहेका छन् । भक्तपुरमा कोरोना खोप लगाउने लक्षित जनसंख्या नै यही भएको प्रमुख मिजार बताउँछन् ।

उनका अनुसार भक्तपुरका ६७ हजार ३७५ जनाले पूर्ण खोप पाएका छन् । जसमध्ये ६१ हजार ८०० ले चिनियाँ कम्पनीको भेरोसेल खोप लगाएका छन् । ५ हजार ५७५ जनाले मात्रै भारतीय कम्पनीको कोभिशिल्ड खोप लगाए ।

‘२५ हजार ५८३ जनाले पहिलो मात्रा लगाएका छन्’, प्रमुख मिजारले भने, ‘यसमध्ये १९ हजार ७५६ जनाले भेरोसेल र ५ हजार ८२७ ले कोभिशिल्ड लगाएका छन् ।’
भेरोसेल खोप लगाएकाहरुलाई एक महिनापछि दोस्रो मात्रा दिइँदै छ तर कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरुले कहिले दोस्रो मात्रा पाउँछन् अहिलेसम्म ठेगान छैन ।

कार्यालयका अनुसार यो संख्या असार मसान्तसम्मको हो । भक्तपुरमा मंगलबार र बुधबार संयुक्त राज्य अमेरिकाले सहयोगस्वरुप दिएको जोन्सन खोप लगाइँदै छ । दुई दिनभित्र भक्तपुरका थप करिब २० हजार जनालाई उक्त खोप दिने लक्ष्य राखिएको छ । यो खोप एक डोजमात्रै लगाए पुग्छ । जबकि भेरोसेल र कोभिशल्डि दुईदुई डोज लगाउनुपर्छ ।

भक्तपुरका ४ नपामध्ये सबैभन्दा भक्तपुर नपाका करिब ३३ प्रतिशतले कोरोना खोप लगाएका छन् । एक लाख २ हजार ५३२ जनसंख्या रहेको भक्तपुर नपाका ३३ हजार ५०९ जनाले कोरोना खोप लिएका छन् ।

‘१८ वर्षमाथिको जनसंख्याको हिसाबले भक्तपुर नपाका करिब ४९ प्रतिशतले कोरोना खोप पाएका छन्’, प्रमुख मिजारले भने, ‘यहाँका ३१ हजार ७२ ले भेरोसेल खोप लगाउँदा २ हजार ४३७ जनाले कोभिशिल्ड लगाएका छन् ।’

भक्तपुरपछि सूर्यविनायक नपाका ३१ प्रतिशत जनसंख्याले कोरोना खोप पाएका छन् । १८ वर्षमाथिका जनसंख्याको भने ४६ प्रतिशतले खोप लगाएका छन् ।
९६ हजार ९१६ जनसंख्या रहेको सूर्यविनायकमा १८ वर्षमाथिका मात्रै ६५ हजार २०५ जना रहेका छन् । जसमध्ये २९ हजार ७२२ जनाले कोरोना खोप पाएको स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँका २४ हजार १०४ जनाले भेरोसेल खोप पाउँदा ५ हजार ६१८ जनाले कोभिशिल्ड खोप लिएको कार्यालय प्रमुख मिजार बताउँछन् ।

त्यस्तै चाँगुनारायण नपाका २५ प्रतिशत अर्थात १७ हजार ८५२ जनाले कोरोना खोप पाएका छन् । जुन १८ वर्षमाथिका जनसंख्याको ३७ प्रतिशत हो । यहाँ ७१ हजार ६३९ जनसंख्या रहेका छन् । जसमध्ये १८ वर्षमाथिका ४८ हजार १९९ रहेका छन् । चाँगुनारायण नपाका १५ हजार २०४ जनाले भेरोसेल र २ हजार ६४८ जनाले कोभिशिल्ड लगाएका छन् ।

भक्तपुरका ४ नपामध्ये मध्यपुर थिमि नपाका करिब २१ प्रतिशत जनसंख्याले खोप पाएका छन् । जुन सबैभन्दा कम हो । तर जनसंख्यामा मध्यपुर थिमि सबैभन्दा ठूलो नगरपालिका हो । एक लाख ३ हजार १२८ जनसंख्या रहेको मध्यपुर थिमि नपाका २१ हजार २२१ जनाले मात्रै खोप पाएका स्वास्थ्य कार्यालयले जनाएको छ । जुन १८ वर्षभन्दा माथिका जनसंख्याको करिब ३१ प्रतिशत हो । यहाँ १८ वर्षमाथिको जनसंख्या ६५ हजार ३८५ जना रहेको छ ।

कार्यालयका अनुसार मध्यपुर थिमि नपाका १८ हजार १४६ जनाले भेरोसेल लगाउँदा ३ हजार ७५ जनाले कोभिशिल्ड लगाएका छन् ।भक्तपुरका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा कोरोना भाइरस संक्रमण भएको छ । यहाँ जिल्लाका ३४ प्रतिशत संक्रमित रहेका छन् ।

असार मसान्तसम्म भक्तपुरमा २२ हजार ७४३ जनामा संक्रमण पुष्टि हुँदा मध्यपुर थिमिका मात्रै ७ हजार ६९३ जना रहेका छन् । जसमध्ये ७ हजार ४४५ जना डिस्चार्ज हुँदा ६६ जना पुरुष र ३० जना महिला गरी ९६ जनाको मृत्यु भएको छ । मध्यपुर थिमिमा कोरोनाको मृत्युदर पनि बढी रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ ।

सूर्यविनायक नपाका ७ हजार १७४ जनालाई संक्रमण हुँदा ६ हजार ८९२ जना डिस्चार्ज भएका छन् । यहाँका ५२ पुरुष र ३९ महिला गरी ८२ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै भक्तपुर नपाका ४ हजार १२७ जनामा संक्रमण पुष्टि भएको छ । यहाँका ३ हजार ९५५ जना डिस्चार्ज हुँदा ४८ पुरुष र ३१ महिला गरी ७९ जना संक्रमितको मृत्यु भएको छ । चाँगुनारायण नपाका २ हजार ६४३ जनालाई कोरोना संक्रमण पुष्टि हुँदा २ हजार ४६८ जना डिस्चार्ज भए । यहाँका २९ पुरुष र १५ महिला गरी ४४ जना संक्रमितले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.