भक्तपुरका थप १४ हजार ३५ जनाले लिए कोरोना खोप

भक्तपुरका थप १४ हजार ३५ जनाले लिए कोरोना खोप

भक्तपुर : भक्तपुरका थप १४ हजार ३५ जनाले कोरोना भाइरसविरुद्धको खोप लिएका छन् । उनीहरुले संयुक्त राज्य अमेरिकाले सहयोगस्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको जानसेन खोप लिएका हुन् ।

स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालयका प्रमुख कृष्ण मिजारले ५० देखि ५४ वर्ष उमेर समूहका १४ हजार ३५ जनाले एक मात्रामात्रै लगाए पुग्ने जानसेन खोप लगाएको बताए ।

उनका अनुसार ७ हजार २३४ जना महिला र ६ हजार ८०१ जना पुरुषले जानसेन खोप लगाएका छन् । जसमध्ये सबैभन्दा बढी सूर्यविनायक नपाका ३ हजार ३६२ जना महिला र ३ हजार ४० जना पुरुष गरी ६ हजार ४२० जनाले जानसेन खोप लगाएका छन् । 

चाँगुनारायण नपाका एकहजार ६१२ महिला र एकहजार ५९४ पुरुष गरी ३ हजार २०६ जना तथा मध्यपुर थिमि नपाका एकहजार ६२१ महिला र एकहजार ५८१ महिला गरी ३ हजार २०२ जनाले पनि अमेरिकी खोप लगाएका छन् ।

भक्तपुर नपाका ६२१ महिला र ५८६ पुरुष गरी एकहजार २०७ जनाले मात्रै अमेरिकी खोप लगाएका छन् । यहाँ लक्ष्यभन्दा धेरै कमले अमेरिकी खोप लगाएका छन् ।
अमेरिकी खोप लगाउनेको संख्या थप भएसँगै भक्तपुरमा खोप लगाउनेको संख्या एक लाख ७ हजार १३३ पुगेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । 

कार्यालयका अनुसार यससँगै भक्तपुरको जनसंख्याको करिब २९ प्रतिशतले कोरोना खोप लगाएका छन् । भक्तपुरमा ३ लाख ७४ हजार २१५ जनसंख्या रहेका छन् । त्यस्तै १८ वर्षमाथिको जनसंख्या २ लाख ५१ हजार ७७२ जना रहेकोमा करिब ४३ प्रतिशतले खोप पाएको कार्यालय प्रमुख मिजार बताउँछन् ।

उनका अनुसार भक्तपुरका ६१ हजार ८०० ले चिनियाँ खोप भेरोसेलको दुईमात्रा लिइसकेका छन् । त्यस्तै १९ हजार ८९६ जनाले भेरोसेलको पहिलो मात्रा लिएका छन् ।भारतीय खोप कोभिशिल्ड ५ हजार ५७५ जनाले दुई मात्रा र ५ हजार ८२७ जनाले एकमात्रा लिएको प्रमुख मिजारले जानकारी दिए ।भक्तपुरमा बुधबारसम्म २३ हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये २२ हजार १२६ जना डिस्चार्ज भइसकेका छन् ।

भक्तपुरमा अझै ७०९ जना सक्रिय संक्रमित रहेका छन् । भक्तपुरका १९६ पुरुष र १०८ महिला गरी ३०४ जना संक्रमितको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.