पार्टीको महाधिवेशन मिति यताउता हुँदैन :  वरिष्ठ नेता पौडेल

पार्टीको महाधिवेशन मिति यताउता हुँदैन :  वरिष्ठ नेता पौडेल

भक्तपुर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आशन्न महाधिवेशनको तिथि यताउता नहुने ठोकुवा गरेका छन्। पार्टी महाधिवेशनको मुख्य तिथि नसार्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमेत दृढ रहेको उनले जानकारी दिए।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरले लेखेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ पुस्तक शुक्रबार भक्तपुरमा विमोचन गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘पार्टी महाधिवेशनको तिथि भदौ १६, १७, १८ र १९ यताउता हुँदैन। आजै बसेको पदाधिकारी बैठकमै पनि सभापतिज्यूले महाधिवेशनको मुख्य तिथि यताउता हुनसक्दैन भन्नुभयो। मैले पनि त्यहीं दोहोर्‍याएँ।’

यदि महाधिवेशन यताउता भए पार्टीको दर्ता नै खारेज हुने खतरा रहेको उनको भनाइ थियो।‘हामी हाम्रो गौरवशाली पार्टीको दर्ता खारेज हुने खतरा मोल्न तयार छैनौं’, वरिष्ठ नेता पौडेलले जोड दिएर भने।

उनले महाधिवेशनमा पनि मुख्य गरेर पार्टीको केन्द्रीय र प्रदेश निर्वाचन दुईटामा आफ्नो अर्जुन दृष्टि परेको सुनाए। पार्टी महाधिवेशनको लागि क्रियाशील सदस्यताको मुद्दा, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन टुंगिन जरुरी रहेको नेता पौडेलको भनाइ छ।
उनले पार्टीको महाधिवेशन जसरी भएपनि सम्पन्न गर्न सबै कटिबद्ध भएर लाग्नुपर्ने आवश्यकतासमेत औंल्याए। कार्यक्रममा नेता पौडेलले लेखक घिमिरेले आफ्नो कविता संग्रहमा राजनीतिको निर्लज्जतामाथिसमेत व्यंग्य प्रहार गरेको प्रतिक्रिया दिए। घिमिरेका कविताहरुमा असन्तुष्टि, विद्रोह र मनभित्रको उकुसमुकुस उम्लिएर आएको भन्दै राजनीतिमा धैर्यता र प्रतिबद्धता अति आवश्यक हुने उनले सुनाए।

राजनीतिमा धैर्यता र प्रतिबद्धता आफूले कांग्रेस नेताहरु गिरिजाप्रसाद कोइराला र बीपी कोरइरालाबाट सिकेको नेता पौडेलले बताए। त्यस्तै कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले साहित्यमा भौतिक दुनियाँको लेख्दै गर्दा आफ्नो यथार्थबारे पनि बोल्नुपर्ने धारणा राखे। अहिलेको समय विद्रोह गर्ने नभई समाधान खोज्ने बेला भएको भन्दै उनले यथार्थ एवं सत्य भन्न डराउने कांग्रेस हुन नसक्नेमा जोड दिए।

‘पार्टीको क्रियाशील सदस्या टुंगिएको छैन। यस्तो अवस्थामा साउन १२ गते पार्टीको वडा अधिवेशन हुँदैन’, नेता सिटौलाले भने, ‘तर पार्टीले हुँदैन भनेर निर्णय गरेको छैन। यथार्थमा हुने अवस्था पनि छैन।’

कार्यक्रममा कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, चन्द्र भण्डारी, दीपक गिरीलगायतले लेखक घिमिरेको राजनीतिक जीवन र साहित्यिक प्रतिभाबारे चर्चा गरेका थिए।

उनीहरुले राजनीतिमा असफल पो भएँ कि भन्ने घिमिरेमा लागेको भन्दै राजनीतिमा हतारिएर नहुने सुझाव दिए। घिमिरेलाई राजनीति र साहित्यलाई सँगसँगै लगेर बीपी कोइरालाको उचाइमा पुग्न उनीहरुले शुभकामना दिए।
वरिष्ठ साहित्यकार तुलसी भट्टराई र पद्मकन्या क्याम्पसकी प्राध्यापक ज्ञानु अधिकारीले कविता संग्रहको समीक्षा गर्दै कविता इतिहासभन्दा धेरै सत्यको नजिक पुग्ने भएकाले कविताको शक्तिलाई बुझेर अघि बढ्न आग्रह गरे।
लेखक घिमिरेले करिब १० वर्षको बीचमा रचना गरेका ४० वटा कवितालाई संगालेर पुस्तक प्रकाशन गरिएको जानकारी दिए। उनले आफू भूपि शेरचनको कविता लेख्ने शैलीबाट बढी प्रभावित भए पनि साहित्यमा लाग्ने प्रेरणा भने बीपी कोइरालाबाट पाएको बताए।

लेखक घिमिरेको यो दोस्रो कविता संग्रह हो। यसअघि उनले २०७३ सालमा पहिलो कविता संग्रह ‘प्रतिज्ञाको पहाड’ प्रकाशनमा ल्याएका थिए। उनका ३ वटा विचार तथा लेख संग्रह प्रकाशन भइसकेका छन्। त्यस्तै ‘मान्छेका कथाहरु’ कथासंग्रह २०७६ सालमा प्रकाशित भएको थियो।
‘डाक्टरको पुनर्जन्म’ उपन्यास प्रकाशोन्मुख रहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.