पौडी खेल्न क्रममा डुबेर युवतीको मृत्यु

पौडी खेल्न क्रममा डुबेर युवतीको मृत्यु

बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका ७ रेश काफलबोटमा पौडी खेल्ने क्रममा एक युवतीको ज्यान गएको छ । घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर २० वर्षीया मनकुमारी कार्कीको मृत्यु भएको स्थानीय विरेन्द्र जिसीले जानकारी दिए ।

उनीसँगै पौडी खेल्न गएका बहिनी १४ वर्षीया सिवानी कार्की भने सकुशल छन् । खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सूचना पछि स्थानीय युवाहरुले पौडिएर खोज्ने क्रममा दहको बिच भागमा गाडिएको अवस्थामा फेला परेको जिसीको भनाइ छ । 

घटनालगत्तै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । खबरपछि प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । मृतक कार्की काठेखोलाकै भिमसेन माविमा कक्षा १२ मा अध्ययनरत थिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.